‘हिमालयन लाइफ’ को एकीकृत कारोबार सुरु, बन्यो जीवन बीमाकै दोस्रो ठूलो कम्पनी

0
Shares

‘हिमालयन लाइफ इन्स्योरेन्स’ ले बैशाख २६ गतेदेखि मंगलबारदेखि एकीकृृत कारोबार थालेको छ । बीमा क्षेत्रको सर्वाधिक ठूलो अर्थात बिग मर्जर सम्पन्न हुन भएर ‘हिमालयन लाइफ इन्स्योरेन्स’को  नाममा एकिकृत काराेबार सुरू हुन एक वर्ष लागेकाे हाे ।

तीन जीवन बीमा कम्पनीहरु प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जर भई आजदेखि ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । तीन कम्पनी १ः१ः१ को समान हैसियतमा एक आपसमा गाभिएका हुन् । गत वर्षको बैशाख २९ गते मर्जर सम्झौता गरेका तीन कम्पनीहरुले एक वर्षपछि एकीकृत कारोबार थालेका हुन् । संयुक्त मर्जर कमिटीले २०७९ माघ १ गते हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता गरेका थिए ।

प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्सएक भएसँगै चुक्ता पुँजीका आधारमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बनेको छ । एकीकृत संस्थाको चुक्ता पुँजी पौने ८ अर्ब कायम भएको छ । हिमालयन लाइफमा नेपालका ठूला व्यावसयीक घरानाहरु एकिकृत भएका छन् । राजेन्द्र खेतान, शंकर ग्रुप, शेखर गोल्छा, एमभी दुगड समुह हिमालयनमा जोडिएका छन् ।

यसअघि बैशाख ६ गते सम्पन्न भएको प्राइम र यूनियन लाइफले विशेष साधारण सभा तथा गुराँस लाइफको १३ औं वार्षिक साधारण सभा बाट मर्जरलाई अन्तिम रुप दिएको थियो । ती कम्पनीहरूले नेपाल बीमा प्राधिकरणबाट बैशाख १३ गते बराबर स्वाप रेसियो अर्थात १ः१ः१ मा मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए । यस्तै नेपाल धितोपत्र बोर्डले यो मर्जरलाई बैशाख १९ स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते स्वीकृति दिएको थियो ।

नयाँ संस्था हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । हाल प्राइमको चुक्ता पुँजी ३ अर्ब १४ करोड, गुराँस लाइफको २ अर्ब ५२ करोड र यूनियनको २ अर्ब १५ करोड रुपैयाँ छ ।

पुँजीको आधारमा दोस्रो ठूलो बन्दा जीवन बीमा कोषका आधारमा नेपाल लाइफ र एलआईसीभन्दा केहीपछि रहेपनि ठूला व्यवसायिक घराना एक ठाउँमा आएकाले कम्पनीको कारोबार आगामी दिनमा बढ्दा जीवन बीमा क्षेत्रमा नम्बर वान रुपमा कम्पनीले आफूलाई स्थापित गर्नसक्ने ठाउँ देखिन्छ ।

तीन जीवन बीमा कम्पनीका बिचमा भयो मर्जर सम्झौता

जीवन बीमा व्यवसायका कारण एक भए २० व्यवसायिक घराना

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।