तीन जीवन बीमा कम्पनीका बिचमा भयो मर्जर सम्झौता, कुन कुन हुन कम्पनी ?


तीन वटा जीवन बीमा कम्पनीका बीचमा मर्जरमा जाने सम्झौता भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच ३ जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्बन्धमा सम्झौता भएको हो ।

प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सका बिचमा एक आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको हो ।

पूँजीका आधारमा एक आपसमा आगामी दिनमा सहमति गरेर के कति पूँजी हुने र कसरी अघि बढ्ने निर्क्यौल गर्ने गरेर मर्जर सहमति गरिएको मर्जरमा संलग्न एक प्रतिनिधिले नोटबजारलाई बताए । “बैंकहरुको जसरी नाम, पद लगायत विषयलाई केन्द्रमा राखेर मर्ज गछैन्, यो सहमति त्यसरी भएको होइन । हामीले ‘क्यापिटल बेस’मा आगामी दिनमा उचित निर्णय गर्ने गरि मर्जर सम्झौता गरेका हौं,” उनले भने । उनका अनुसार डिडिएमा आउने तथ्यका आधारमा स्वाप अनुपात निर्धारण हुनेछ भने कुनै पनि संस्थाले डिडिए प्रतिवेदनमा फरकमत राख्ने छैन भन्ने सहमति भएको हो ।

उनका अनुसार मर्जर पछि बन्ने बीमा कम्पनी नयाँ नामबाट सञ्चालन हुनेछ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा अब्बल कम्पनीका अरुपमा अघि बढ्ने गरी ३ बीमा कम्पनीका बिचमा मर्जर सम्झौता भएको उनले बताए । मर्जरमा भएका सम्झौताका विविध विषयहरु सार्वजनिक भईसकेका छैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।