प्रभु इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

0
Shares

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर वितरण गरिएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८।७९ को बोनस बापत वितरण गरेको ६.७० प्रतिशत बोनस सेयर हितग्राहीको खातामा जम्मा गरेको हो ।

कम्पनीको विसं २०७९ फागनु २३ गते सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाबाट पारित भएको ८ लाख ६४ हजार १०६ दशमलव ७६ कित्ता सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साथै सो सभाले बोनसको कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

कम्पनीले उक्त बोनस सेयर जेठ १४ गते आइतबार नेप्सेमा सूचीकृत गरिसकेकाले अब सम्बन्धीत सेयरधनीले धितोपत्रको दोस्रो बजार मार्फत उक्त बोनस खरिद बिक्री गर्न सक्नेछन् । साधारण सभाका लागि फागुन १२ गते गरिएको बुकक्लोज अनुसार कम्पनीको बोनस सेयर फागुन ११ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।