सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित

0
Shares

सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित भएको छ । सनराइज बैंकको १५औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

उक्त साधारण सभाले आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साथै सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ । प्रस्ताब अनुरुप सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित गरिएको छ ।

आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।