ग्यासको मूल्य प्रतिसिलिण्डर १३० रुपैयाँ घट्दा पेट्रोल र डिजेल बढ्यो


नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । निगमले पेट्रोलमा ९ रुपैयाँ तथा डिजेल र मट्टितेलमा सात रुपैयाँ बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७० रुपैयाँ , दोस्रो वर्गमा १७२ रुपैयाँ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५० रुपैयाँ, दोस्रोमा १५२ रुपैयाँ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । जसअनुसार उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पर्न जान्छ ।

 एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर १ हजार ६६० रुपैयाँमा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 

प्रकाशित मिति: १७ साउन २०८०, बुधबार  ०६ : १८ बजे