कुमारी इक्वीटी फन्डको इकाईमूल्य समायोजन

0
Shares

कुमारी इक्वीटी फन्डको आइतबार इकाईमूल्य समायोजन भएको छ । नेप्सेले फन्डले वितरण गर्ने १० प्रतिशत प्रतिफलमा मूल्य समायोजन गरेको हो ।

कुमारी इक्वीटी फन्डले गत आर्थिक वर्ष २०७९–८० को लागि कर समेत १० प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको थियो । प्रतिफल प्रयोजनका लागि फन्डले भदौ १८ गते सोमबार बुकक्लोज गर्दैछ । बुकक्लोजको आधारमा भदौ १७ गते गतेसम्म कायम इकाईधनीहरूले मात्र सम्बन्धित योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित अर्को योजना कुमारी धनवृद्धि योजनाको भने मूल्य समायोजन भएन । फन्डले आर्थिक वर्ष २०७९–८० को लागि कर समेत ६ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छ । कुमारी धनवृद्धि योजनाको प्रतिफल बजारमुल्यको १० प्रतिशतभन्दा कम भएकाले मुल्य समायोजन नभएको हो ।

नेप्सेले धितोपत्रको दोस्रो बजार मूल्यको १० प्रतिशत वा सोभन्दा नगद लाभांश वितरण गरे मात्र नगदमा मुलय समायोजन गर्न गरेको छ । बोनस सेयरमा भने जतिपनि बोनस प्रस्ताव भएपनि बुकक्लोजको अघिल्लो दिनमूल्य समायोजन हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।