नेप्से फेरि ओरालोतर्फः कारोबार ८० करोड पनि पुगेन

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक पुनः ओरालो लागेको छ । तीन दिनपछि सोमबार ७ अंक समान्य बढेको नेप्से मंगलबार पुनः ६.४५ अंक घटेको हो । यससँगै नेप्से १९६१.३७ विन्दुमा झरेर बन्द भएको छ ।

सुस्ताएको बजारमा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । यसदिन २७७ स्क्रिप्टका २४ लाख ८० हजार ९२९ कित्ता सेयर २५ हजार २२७ वटा संख्यामा खरिद बिक्री भएको छ । सोमबार १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये २ मात्र बढेको छ भने ११ वटा ओरालो लागेका छन् । व्यापार ०.४६ प्रतिशत र उत्पादन तथा प्रशोधनमुलक परिसूचक ०.३८ प्रतिशत बढेको छ । होटल तथा पर्यटन सर्वाधिक ०.७९ प्रतिशतले घटेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । शीर्ष स्थानमा रहेको कम्पनीको कारोबार ७ करोड ५८ लाख रुपैयाँ छ ।साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २ करोड ९५ लाख, आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८२ लाख, घोराही सिमेन्ट इन्डष्ट्रीजकको २ करोड ८० लाख र एभरेष्ट बैंकको २ करोड ३६ लाखको कारोबार भएको छ ।

मंगलबार एनएमबि माइक्रोफाइनान्सको सेयर दश प्रतिशत अर्थात ५१ रुपैयाँ बढेर ५६१ रुपैयाँमा पुगेको छ । यस्तै नेरुडे लघुवित्त ९.८५ प्रतिशत, इङ्वा हाइड्रोपावरको ७.३२ प्रतिशत, साञ्जेन जलविद्युतको ६.४८ प्रतिशत, अपर सोलु हाइड्रोइलेक्ट्रिकको ६.३९ प्रतिशतले घटेको छ ।

आजको बजारमा आरबिबि म्युचुअल फण्ड–२ को इकाईमूल्य दश प्रतिशतले घटेर ८ रुपैयाँ५० पैसा पुगेको छ । यस्तै लिबर्टी इनर्जीको ९.९८ प्रतिशत, आशा लघुवित्त ७.६१, आत्मभिर्नर लघुवित्त ७.१९ र बाराही हाइड्रोपावरको ६.४७ प्रतिशतले मूल्य घटेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण २९ खर्ब ३६ अर्ब २३ करोड ८२ लाख ८६ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।