प्रोग्रेशिभ फाइनान्सका सञ्चालक महर्जनको राजीनामा स्वीकृत

0
Shares

प्रोग्रेशिभ फाइनान्स लिमिटेडका सञ्चालक अनिश महर्जनको राजीनामा स्वीकृत भएको छ ।

संस्थाको २०८० भदौ १९ गते साँझ ४ बजे सम्पन्न भएको ५०५ औं बैठकले अनिश महर्जनले कम्पनीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव रुविश श्रेष्ठले जानकारी दिए । सञ्चालक महर्जनले १५ गते आफ्नो सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

प्रोग्रेशिभ फाइनान्स लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वितीय संस्था हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।