नेप्सेमा पहिरो, साढे दुई घण्टामा सूचक २१ अंकले घट्यो

0
Shares

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । राज्यको नीति सेयर बजारमैत्री बन्न नसक्दा लाभांश सिजनमा नै सेयर बजारमा निराशाजनक अवस्था सिर्जना भएको हो । नेपाल राष्ट्र बैंकले सेयर बजारलाई अनुत्पादक क्षेत्रको रुपमा राखेर कडाई गर्दै जाँदा दैनिक २१ अर्बभन्दा बढी कारोबार भई रेकर्ड कायम भएको बजारमा लाभांश सिजनमा नै दैनिक एक अर्बभन्दा कमको मात्र सेयर कारोबार हुन थालेको हो ।

नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर र हकप्रदको एकैपटक निष्कासन गर्न स्वीकृति दिँदा उच्च आपूर्ति भई रहेको अवस्था र बैंक तथा वित्तीय संस्थाहरुको उच्च ब्याजदर तथा सूचीकृत कम्पनीहरूले अपेक्षित लाभांश वितरण गर्न नसक्ने परिस्थितिमा बजारको बढोत्तरी हुन नसकेको हो ।

साढे १ बजेसम्म नेप्से १.०८ प्रतिशत अर्थात २१.३७ अंकले घटेर १९४० बिन्दुमा झरेको छ । यसबीचमा २६४ कम्पनीका १७ लाख १३ हजार कित्ता सेयर ४९ करोड ६७ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे भएको बजारमा जलविद्युत २ प्रतिशतभन्दा धेरैले घट्दा विकास बैंक, फाइनान्स, जीवन बीमा, उत्पादन र लघुवित्त १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घटेको बजारमा शुभम पावरको सेयरमूलयमा सकारात्मक सर्किट लागेको छ । न्यादी पावर ५.३७,१०% नबिल बैंक डिब्ञ्चर २०८२ र गणपति माइक्रोफाइनान्सको मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता बाराही हाइड्रोपावर र अपर सोलु हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ । नेरुडे लघुवित्त, लिवर्टी इनर्जी लिमिटेड र कुमारी इक्वीटी फन्डको इकाईमूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

लिवर्टी इनर्जी लिमिटेडको सेयरमूल्य घटेर सर्वाधिक ४ करोड ९३ लाख रुपैयाँको काराबोर भएको छ । कम्पनीको से्यरमूल्य विगत चार कारोबार दिनयता घटिरहेको छ । यस्तै नबिल बैंकको १ करोड ६२ लाखको कारोबार हुँदा आइएमइ लाइफ, साल्ट ट्रेडिङ कर्पोरेसन र सोल्टी होटलको १ करेडभन्दा बढीको सेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।