नेप्सेमा गिरावट जारी, २९ अंकले घट्दा सूचक १९३२ बिन्दुमा झर्‍यो

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । सोमबार ७ अंक समान्य बढेको नेप्से यो साताका बाँकी तीन कारोबार दिन ऋणात्मक बनेको हो ।

नेप्सेमा बिहीबार २८.९२ अंकले घटेको हो । यससँगै नेप्से १९३२.४५ विन्दुमा झरेर बन्द भएको छ । बजारमा उच्च अंकको गिरावट आएपछि यसदिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा ३५ करोडभन्दा धेरैले बढेको छ । आज १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन २७६ स्क्रिप्टका ३७ लाख ६९ हजार ३३ कित्ता सेयर ३२ हजार १३९ वटा संख्यामा खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ७९ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहगत सूचक घटेका छन् । कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे भएको बजारमा जलविद्युत साढे २ प्रतिशतभन्दा धेरैले घट्दा अन्य पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ । बैंकिङ्ग, विकास बैंक, फाइनान्स, पर्यटन तथा होटल, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त र निर्जीवन बीमाको इन्डेक्स पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घटेको बजारमा शुभम पावरको सेयरमूलयमा सकारात्मक सर्किट लागेको छ । ६२ रुपैयाँ ८० पैसाले बढेर कम्पनीको मूल्य ६९१ रुपैयाँ पुगेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावर ७.४६, र इङ्वा हाइड्रोपावरको मूल्य ४.५५ प्रतिशतले बढेको छ ।

उता बाराही हाइड्रोपावरको सेयरमूलय सर्वाधिक ९.७१ प्रतिशतले घटेर ३१६ मा झरेको छ । सिटिजन म्युचुअल फन्ड २ को इकाईमूल्य ९.३६ प्रतिशत, अपर सोलु हाइड्रोइलेक्ट्रिकको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । न्यादी हाइड्रोपावर ८.८८ प्रतिशत र नेरुडे लघुवित्तका सेयधनीले आजको बजारबाट ८.८१ प्रतिशतले गुमाएका छन् ।

लिवर्टी इनर्जी लिमिटेडको सेयरमूल्य ७.३७ प्रतिशत घटेर सर्वाधिक ६ करोड १५ लाख रुपैयाँको काराबोर भएको छ । कम्पनीको से्यरमूल्य विगत चार कारोबार दिनयता घटिरहेको छ । यस्तै सोल्टी होटलको ४ करोड २ लाख, शिवम् सिमेन्टसेको ३ करोड ७७ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड १४ लाख र सिद्धार्थ बैंकको ३ करोड १४ लाख रुपैयाँको सेयर कारोबारमा आएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण २८ खर्ब ९२ अर्ब ९३ करोड ४४ लाख २७ हजार ४९७ रुपैयाँमा समेटिएको छ । मंगलबार २९ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।