एनआईसी एशिया डाइनामिक डेप्टको प्रतिफल वितरण

0
Shares

एनआईसी एशिया डाइनामिक डेप्ट फन्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ । फन्डले गत आर्थिक वर्ष २०७९।८० बाट इकाईधनीलाई कर सहित १० प्रतिशत प्रतिफल वितरण गरेको हो ।

फन्डले इकाईधनीहरुको हितग्राही खातामा उल्लेख तथा अध्यावधिक भएको बैंक खातामा प्रस्तावित कसर सहित १० प्रतिशत प्रतिफल (नगद लाभांश) भदौ १७ गतेदेखि जम्मा गरेको हो ।

फन्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाईधनीहरुको थप इकाई सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने समेत जनाएको छ ।

एनआईसी एशिया डाइनामिक डेप्ट फन्ड एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एक खुलामुखी सामुहिक लगानी कोष योजना हो । फन्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड र एनआईसी एशिया बैंक कोष प्रबद्र्धक रहेको छ । फन्डको आकार ५४ करोड ४५ लाख रुपैयाँ बराबर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।