एनआईबिएल प्रगति फन्डले तोक्यो बुकक्लोज

0
Shares

एनआईबिएल प्रगति फन्ड योजनाले प्रतिफल वितरणका लागि बुकक्लोज मिति तय गरेको छ । इकाई व्यवस्थापक एनआईएमबि क्यापिटलले असोज २ गते मंगलबार बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार असोज १ गते सोमबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

भदौ १३ गते अपरान्ह ०३ः३० बजे बसेको सञ्चालक समितिको ११२औं बैठकले आव २०७९–८० का लागि एनआईबिएल प्रगति फन्ड योजनाका इकाईधनीहरुलाई कर सहित ६.८० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो । यसअनुसार फन्डले कर सहित ५ करोड १० लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।