हाथवे इन्भेष्टमेन्टको आईपीओमा १२.८७ गुणा आवेदन, १ अर्ब ५६ करोडको सेयर माग

0
Shares

हाथवे इन्भेष्टमेन्टको आईपीओमा अन्तिम दिन सोमबार साँझ ५ बजेसम्ममा १२.८७ गुणा आवेदन परेको छ । कम्पनीले सर्वासाधारणबाट १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ खरिदका लागि आह्वान गरेकोमा १ अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपैयाँ बराबरको माग परेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार साँझसम्म कुल १३ लाख २४ हजार ४११ वटा आवेदन मार्फत ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयरको माग परेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीलाई सेयर आरक्षित तथा बाँडफाँडपछि सर्वसाधारणमा प्रतिकित्ता ५० रुपैयाँ अंकित दरमा २४ लाख २७ हजार ७५० कित्ता सेयरको बिक्री खुला गरेको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ भाग्यमानी १ लाख २१ हजार ३८७ जनाले मात्र पाउनेछन् । सर्वप्रथम कम्पनीको आईपीओ १ लाख २१ हजार ३८७ जनालाई न्यूनतम २० कित्ताका दरले २४ लाख २७ हजार ७४० कित्ता बाँडफाँड हुनेछ ।

यसरी बाँडफाँड भई बाँकी रहेको १० कित्ता सेयर गोलाप्रथाबाट सेयर पाउनेमध्ये १० जनालाई थप १-१ कित्ताका दरले वितरण हुनेछ । यसअनुसार कम्पनीको आईपीओ १० जनाले २१ कित्ता पाउनेछन् भने १ लाख २१ हजार ३७७ जनाले २० कित्ताका दरले पाउनेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत आईपीओ सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँड भैसकेको छ ।

त्यसैगरी, दोस्रो चरणमा कम्पनीले १३ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको २६ लाख ३२ हजार ५०० कित्ता सेयर बिक्री खुला भएको हो सोमध्ये जारी सेयरको २ प्रतिशतले हुने आउने २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।