सिटिजन लाइफको आईपीओ बाँडफाँडको नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ बाँडफाँडको नतिजा प्रकाशन भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आइपीओ विभिन्न चार स्थानबाट हेर्न सकिन्छ ।

बिक्री प्रबन्धक को कार्यालयमा दिउँसो २ बजे भएको सेयर बाँडफाँडमा सदर आवेदकको ६३.९६ प्रतिशत अर्थात ९ लाख जनाले सिटजन लाइफ इन्स्योरेन्सको आईपीओ प्राप्त गरेका छन् । सदर आवेदकको ३६.०४ प्रतिशत (५ लाख ७ हजार २३७ जना) को हात खाली भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको बाँडफाँडमा ९ लाख जनाले १० कित्ताका दरले आईपीओ पाएका हुन् ।

लगानीकर्ताले आफ्नो १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर र सेयर निष्कासनकर्ता कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छनौट गरेर आईपीओ परे नपरेको हेर्न सक्नेछन् । साथै मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर नतिजा हेर्न सकिने छ । आईपीओ नतिजा हेर्नका लागि मेरो सेयरको वेबसाइटबाट आफूले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

१. सिडीएससीले आईपीओ हेर्नकै लागि सञ्चालनमा ल्याएको वेवसाइट
२. बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको वेवसाइट
३. मेरो सेयर मोबाइल एप तथा वेवसाइटबाट एप्लीकेशन रिर्पोट मार्फत
४. सेयर निष्कासनकर्ता कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

आईपीओमा आवेदन गरेका कुल १५ लाख ८४ हजार ५९७ वटा आवेदन मार्फत १करोड ७५ लाख ६८ जहजार ७५० कित्ता सेयर खरिदको माग परेको थियो । जसमध्ये १४ लाख ७ हजार २३७ जनालाई आइपीओ बाँडफाँडमा सहभागि गराइएको थियो । योग्य आवेदकमध्ये नै ५ लाख ७ हजार २३७ जना आवेदकको हात खाली भएको हो । कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा ९० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।

थप समाचारहरू

सिटिजन लाइफको आईपीओमा १ लाख ७७ हजार बढी आवेदन अस्वीकृत

सिटिजन लाइफको आईपीओ बाँडफाँड, ९ लाख जनाले पाए

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।