सिटिजन लाइफको आईपीओमा १ लाख ७७ हजार बढी आवेदन अस्वीकृत

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ १ लाख ७७ हजार ३६० वटा आवेदन अस्वीकृत भएको छ ।

भदौ २८ गते बिहीबार बाँडफाँड भएको कम्पनीको सेयरमा कुल १५ लाख ८४ हजार ५९७ वटा आवेदन परेकोमा विविध कारणबाट रितपूर्वक नपरेका १ लाख ७७ हजार ३६० वटा आवेदन अस्वीकृत गरी १४ लाख ७ हजार २३७ वटा आवेदनलाई मात्र बाँडफाँडमा सहभागि गराइएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा ९ लाख जनाले १० कित्ताका दरले ९० लाख कित्ता आईपीओ पाएका छन् । कुल आवेदकको ५६.८० प्रतिशत र सदर आवेदकको ६३.९६ प्रतिशतले सिटजन लाइफ इन्स्योरेन्सको आईपीओ प्राप्त गरेका छन् ।

सेयर नपाउनेको संख्या ६ लाख ८४ हजार ५९७ रहेको छ भने योग्य आवेदकमध्ये नै ५ लाख ७ हजार २३७ जना आवेदकको हात खाली भएको छ । आईपीओमा कुल आवेदकको ४३.२० प्रतिशत र सदर आवेदकको ३६.०४ प्रतिशतको हात खाली भएको छ ।

यस्तो छ अस्वीकृत संख्या र विवरणः–

१. सि–आश्वा प्रणालीबाट अस्वीकृत १ लाख ७१ हजार ४३९ वटा आवेदन मार्फत परेको १९ लाख ६१ हजार ९३० कित्ता
२. शंस्कास्पद १ हजार ६८७ आवेदनबाट परेको २० हजार ५१० कित्ता
३. वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट दोहोरो आवेदन परेको ४ हजार २०५ वटा आवेदन मार्फत माग भएको ६३ हजार १०० कित्ता
४. कर्मचारी र संस्थापक लगानीकर्ताको २९ वटा आवेदनबाट माग भएको ८४० कित्ता

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म कुल १५ लाख ८४ हजार ५९७ वटा आवेदन मार्फत १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता खरिदका लागि माग आवेदन परेको थियो । यो सर्वसाधारणबाट माग भएको सेयरको तुलनामा १.९५ गुणा हो ।

कुल आवेदनमध्ये १ लाख ७७ हजार ३६० वटा आवेदन मार्फत माग भएको २० लाख ४६ हजार ३८० कित्ताको माग रितपुर्वक नपरेको हुँदा विविध कारणबाट रद्द भएका छन् । आईपीओ बाँडफाँडमा १४ लाख ७ हजार २३७ वटा आवेदन बाट परको १ करोड ५५ लाख २२ हजार ३७० कित्तालाई सहभागि गराइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।