सिटिजनका सेयरधनीको साढे एक दशकदेखि हात खाली छैन, निरन्तर लाभांश

0
Shares

सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले भदौ ३१ गते आइतबार गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकले चुक्ता पुँजीको ५.७९ प्रतिशतले हुने आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ ९६ पैसा (करसहित) नगद लाभांश वितरणको लाभांश प्रस्ताव गरेको हो ।

नियामक नियामकले तोकेको चुक्ता पुँजी कायम भैसकेको अवस्थामा बैंकले पछिल्ला दुई आर्थिक वर्षहरुमा सेयरधनीलाई नगद लाभांश मात्र वितरण गरेको छ । पुँजी वृद्धि हुँदै जाँदा प्रतिफल पनि घट्दै जाने हुँदा बैंकले कायम सेयर संख्या नबढ्ने गरी नगद लाभांश मात्र वितरण गरेको हो ।

बैंकले पछिल्लो डेढ दशक यता सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । पछिल्लो १३ वर्षमा बैंकले आर्थिक वर्ष २०७४–७५ मा बैंकले सबैभन्दा कम ५.२६३ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७१/७२ मा सर्वाधिक २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । यस्तै तेह्र वर्षमा बैंकले ९ आर्थिक वर्षमा दोहोरो अंक (डबल डिजिट) मा लाभांश वितरण गरेको छ । जसमध्ये ७ आर्थिक आर्थिक वर्षमा वितरण गरेको लाभांश १५ प्रतिशतभन्दा धेरै छ ।

सिटिजन बैंकले नगद मात्र वितरण गर्ने, ८२ करोड २१ लाख लाभांश प्रस्ताव

हेराैं यस्ताे छ बैंककाे लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend (%) Cash Dividend (%) Total Dividend (%)
1 2079/2080 0.00 5.79 5.79
2 2078/2079 0.00 9.00 9.00
3 2077/2078 12.91 3.09 16.00
4 2076/2077 8.00 3.00 11.00
5 2075/2076 3.00 12.00 15.00
6 2074/2075 3.63 1.64 5.26
7 2073/2074 16.00 1.00 17.00
8 2072/2073 15.80 0.83 16.63
9 2071/2072 20.00 1.05 21.05
10 2070/2071 13.00 5.95 18.95
11 2069/2070 0.00 15.00 15.00
12 2068/2069 0.00 8.42 8.42
13 2067/2068 5.00 5.53 10.53

 

बैंकले ग्राहकहरुलाई सरलीकृत डिजिटल तथा रिटेल बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले मोबाइल बैंकिङ्ग मार्फत ग्राहकले कर्जा लिनसक्ने सेवा सञ्चालन गरेको छ । बैंकिङ क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगलाई फन्ड ट्रान्सफरमा मात्र सीमित नराखी कर्जा सेवाको पनि व्यवस्था गरेको हो ।

बैंकले सञ्चालनमा ल्याएका अधिकांश निक्षेप खातामा उच्च ब्याजदर रसहित सबै खालका वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले बचत खातामा प्रतिवर्ष ७.९६६ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । निक्षेप जम्मा गर्नेदेखि कर्जा तथा सेयर सम्बन्धी सम्पूर्ण सेवाहरु सिटिजन्स बैंकमा उपलब्ध हुने गरेको छ । बैंकमा महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, प्राविधिक ज्ञान भएका ब्याक्ति, युवा, एनआरएन आदि सवैका लागि छुट्टाछुट्टै डिजाइनमा २० भन्दा बढी बचत निक्षेप खाता खोल्न सकिन्छ ।

मुद्दती निक्षेप खातामा समेत प्रतिस्पर्धी ब्याजदर दिँदै आएको छ । साथै बचत र मुद्दती निक्षेप दुवैको सुविधा प्रदान गर्ने उदेश्यका साथ बैंकले हाइब्रिड उत्पादनको रुपमा रिकरिङ निक्षेपहरू पनि सञ्चालनमा ल्याएको छ । यसबाट म्युचुअल फण्डहरूद्वारा प्रस्तावित सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान योजनाहरूमा भन्दा राम्रो प्रतिफल पाउन सकिन्छ ।

यस्तै बैंकले नेपालमै बसेर अनलाइन मार्फत वस्तु तथा सेवा प्रयोग गर्ने उदेश्यले ५०० डलरसम्मको ‘इकम कार्ड’, जीआरई, जिम्याट, टोफेल भिसा प्रोसेसिङ जस्ता सेवाहरुको अनलाईन भुक्तानी व्यवस्था,“सिटिजन्स् रेमिट” सञ्चालन गरेको छ । बैंककको डेबिट कार्डले विभिन्न आउटलेटहरू (१५० माथि) रेस्टुरेन्ट, क्याफे, होटल, अस्पताल, किनमेल केन्द्रहरू, अन्तर्राष्ट्रिय अस्पतालहरू जस्तै मेदान्ता–द मेडिसिटी र भारतका अन्य अस्पतालहरूमा छुटहरू प्रदान गर्दछ । ग्राहकलाई ५० हजारसम्मको चिकित्सा बीमा र ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा सुविधा पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।

साथै बैंकले विभिन्न हस्पिटल, होटेल, रेष्टुरेण्ट, क्लिनिक, म्यूजियम, पार्क लगायतमा डिस्काउन्टको व्यवस्था गरेको छ । भारतको प्रसिद्ध मेदान्त हस्पिटल, अपोलो हस्पिटल लगायतमा समेत बैंकका ग्राहकहरूले यस्तो सुविधा प्राप्त गर्दै आएको पौडेलको भनाई छ । बैंकले दराज अनलाइनमा सपिङ्ग गर्दा प्रत्येक बिहीबार ५०० रुपैयाँसम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ ।

संस्थागत सुशासनलाई विषेश महत्व दिँदै आएको बैंकले आगामी दिनहरुमा पनि समग्र संस्थागत सुशासनको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ प्रतिबद्द रहेको छ । संस्थागत सुशासनतर्फ बैंकको उद्देश्य र नीति अनुरुप आन्तरिक संरचना तयार पार्नुका साथै कर्मचारी र सञ्चालकले पालना गर्नुपर्ने आचरणको आचार संहिता समेत कार्यान्वयनमा ल्याएको छ ।

बैंकको नीति, कार्यक्रम तथा बजेट, लेखाप्रणाली, निक्षेप परिचालन तथा कर्जा प्रवाह, बैंकको लगानी, बैंकले प्रदान गर्ने वित्तीय सेवाको मूल्य निर्धारण, खरीद तथा निर्माण कार्य, मानव संसाधन व्यवस्थापन लगायतका कार्यहरुमा बैंकिङ्ग क्षेत्रमा गरिने असल अभ्यास अवलम्वन गर्दै आएको बैंकको दाबी छ ।

बैंकले देशभर १८८ वटा शाखाहरु सञ्चालन गरी निःशुल्क अन्तर शाखा कारोबार सेवाहरु प्रदान गर्दै आएको छ ।

याे पनि नछुटाउनु होला…

सिटिजन्स बैंकको मोबाइलबाटै कर्जा, इन्टरनेट बैंकिङ्ग मार्फत मासिक ५० लाखसम्मको कारोबार

सिटिजन्स बैंकका अधिकांश निक्षेप खाताको ब्याजदर उच्च, डिम्याट, सीआस्वा र मेरो सेयर नि:शुल्क

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।