सिटिजन्स बैंकका अधिकांश निक्षेप खाताको ब्याजदर उच्च, डिम्याट, सीआस्वा र मेरो सेयर नि:शुल्क

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल बैंकले सञ्चालनमा ल्याएका अधिकांश निक्षेप खातामा उच्च ब्याजदर प्रदान गर्दै आएको छ । बैंकले आकर्षक ब्याजदर सहित सबै खालका वित्तीय सेवा प्रदान गर्दै आएको हो ।

निक्षेप जम्मा गर्नेदेखि कर्जा तथा सेयर सम्बन्धी सम्पूर्ण सेवाहरु सिटिजन्स बैंकबाट उपलब्ध हुने बैंकका निक्षेप प्रमुख पारस बिक्रम थापाले जानकारी दिए । वाणिज्य बैंकहरुमध्ये अग्रस्थानमा रहेको बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन खोजेको बताउँदै थापाले भने,“बैंकका ग्राहकले अन्य बैंकको तुलनामा सहज र प्रभावकारी सेवा पाउनेमा ढुक्क भए हुन्छ । ”

बैंकले व्यवसायिक र अनुभवी कर्मचारीद्वारा ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ । विभिन्न शिर्षकमा खाताहरूको डिजाइन, उत्पादन र वितरण गरेर ग्राकहलाई विश्वास योग्य सेवा दिने अठोट बैंकको रहेको छ । बैंकका अनुसार यस बैंकमा खाता खोल्न चाहनेहरुका लागि उच्चतम ब्याजदर र उत्कृष्ट सुविधाहरू उपलब्ध गराइने थापाले बताए ।

बैंकले ग्राहकका लागि सिटिजन बैंकमा ‘राम्रो व्यवहार र स्वागत’ भन्ने नारा नै राखेको छ । ग्राहकले आफूले चाहेका कुनै पनि खाता सरल रुपमा खोल्न सक्नेछन् । बैंकले प्रदान गर्ने सेवा तथा सुविधा देशभरका सबै शाखाहरूमा उपलब्ध छ ।

सिटिजन्स बैंकले सबै उमेर समूह, पेशा र समुदायका लागि उपयुक्त निक्षेप खाताको व्यवस्था गरेको बताउँदै थापाले भने,“ बैंकले महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, प्राविधिक ज्ञान भएका ब्याक्ति, युवा, एनआरएन आदि सवैका लागि छुट्टाछुट्टै डिजाइनमा २० भन्दा बढी बचत निक्षेप खाताको व्यवस्था गरेको छ ।” बैंकका हरेक निक्षेप खातामा आफ्नै विषेशता रहेका छन । खाता खोल्नेहरूलाई आवश्यकता अनुसारको सेवा र सुविधा रहेको समेत थापाले बताए ।

बचत गर्ने उद्देश्यका लागि खाता खोल्दा विचार गर्नुपर्ने प्रमुख कारण मध्येको एक ब्याजदर रहेको भन्दै थापाले सिटिजन्स बैंकले आफ्ना खातावालाहरुलाई सधैं उच्च ब्याजदर र अधिकतम प्रतिफल प्रदान गर्दै आएको दाबी गरे । बैंकले ग्राहकहरूलाई निक्षेपमा सक्दो धेरै प्रतिफल दिन बजारमा उच्च प्रतिस्पर्धी ब्याजदर प्रदान गर्दै आएको छ ।

हाल, बैंकले बचत खातामा प्रतिवर्ष ७.९६६ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । यो विभिन्न बचत खाताहरूमा लागु रहने छ भने विदेशी मुद्रा बचत खाताहरुमा पनि आकर्षक ब्याजदर प्रदान गर्ने उनले बताए ।

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुले खोलेका कुनै पनि प्रकारका निक्षेप तथा बचत खातामा मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र इन्टरनेट बैंकिङ निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैंकको मोबाइल बैंकिङलाई वित्तीय क्षेत्रमै उत्कृष्ट मध्ये एक रहेको उनको दाबी छ ।

बैंकको डेबिट कार्डले विभिन्न आउटलेटहरू (१५० माथि) रेस्टुरेन्ट, क्याफे, होटल, अस्पताल, किनमेल केन्द्रहरू, अन्तर्राष्ट्रिय अस्पतालहरू जस्तै मेदान्ता–द मेडिसिटी र भारतका अन्य अस्पतालहरूमा छुटहरू प्रदान गर्दछ । बैंकका सबै डिजिटल उत्पादनहरूमा नवीनतम प्रविधिद्वारा सञ्चालित शीर्ष टायर सुरक्षा सुविधाहरू पनि राखिएको उनको भनाइ छ । साथै, बैंकले डिम्याट, सीआस्वा र मेरो शेयर सुविधा पनि निःशुल्क उपलब्ध गराउदै आएको छ । बैंकले आफ्ना ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराउँदै आएको उनले बताए । बीमामा ५० हजारसम्मको चिकित्सा बीमा र ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा रहेको जानकारी उनले दिए ।

नमस्ते संस्कृतिमा उत्कृष्ट ग्राहक सेवाको लागी परिचित रहेको सिटिजन्स बैंकमा प्रत्येक ग्राहकलाई पहुनाको व्यवहार गरिदै आएको उनको दाबी छ । बैंकले समय तालिका अनुसार सेवा पद्रान गर्दै आएको छ । ग्राहक सेवा अभिवृद्धि गर्न बैंकले अयोग्य, वृद्धवृद्धा, विरामी, अशक्त ग्राहकहरुलाई विशेष महत्व दिएर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले घरमै बसेर बैंकिङ्ग सेवाहरु पनि उपलब्ध गराउँदै आएको छ जहाँ बैंकिङ्ग सेवाहरु ग्राहकहरुको घरदैलोमा पुर्याइने उनले स्पष्ट पारे ।

बैंकले विभिन्न आकारका लकर सुविधा उपलब्ध गराएको छ भने ग्राहकहरुको वैदेशिक यात्रामा सहयोग पुर्याउन अमेरिकी डलर ट्राभल कार्ड र विदेशीमुद्रा सटही सुविधा पनि प्रदान गरेको छ । साथै ई कमर्स कार्ड पनि प्रदान गरेको छ, जसले ग्राहकहरुलाई विश्वव्यापी उत्पादन तथा सेवाहरु अनलाइन खरिद गर्न मद्दत गर्ने उनको भनाई छ । बैंकले विभिन्न संस्थाका तलब पाउने कर्मचारीहरूका लागि सञ्चीत कोष व्यवस्थापन सुविधा भएका खाता पनि उपलब्ध गराएको छ ।

बैंकले रिकरिङ निक्षेपहरू पनि सञ्चालनमा ल्याएको छ् । हाइब्रिड उत्पादनको रुपमा रहेका यी योजनाले बचत र मुद्दती निक्षेप दुवैको सुविधा प्रदान गर्ने उनले बताए । यो सेवाबाट म्युचुअल फण्डहरूद्वारा प्रस्तावित सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान योजनाहरूमा भन्दा राम्रो प्रतिफल पाउन सकिन्छ । बैंकले वैदेशिक रोजगारीमा रहेका कामदारहरूको आईपीओ आवेदन प्रशोधनका साथै मुद्दती निक्षेपमा थप ब्याज पनि उपलब्ध गराउदै आएको उनको भनाई छ ।

साथै ग्राहकले एकै पटकमा बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सक्ने व्यवस्था छ । यो सुविधा बैंकका सबै शाखाबाट उपलब्ध हुने समेत उनले बताए। विश्वभरबाट रेमिट्यान्स भुक्तानी गर्नुका साथै ग्राहकहरूले मोबाइल बिल, ल्यान्डलाइन बिल, बिजुलीको बिल, पानीको बिल, विद्यालय/कलेजको शुल्क भुक्तानी, दलाल भुक्तानी आदि कुनै पनि सेवा घरबाटै लिन सक्नेछन् । साथै, ग्राहकले अनलाइन मार्फत समेत खाता खोलन सक्ने उनले बताए । ग्राहकहरुले नागरिक एपमार्फत पनि खाता खोल्न सक्ने जानकारी उनले दिए ।

बैंकले नियमित रूपमा ग्राहकहरूलाई थप फाइदाहरू प्रदान गर्ने कार्यक्रमहरूको सुरुवात पनि गरेको छ । बैंकले विभिन्न साझेदारहरु जस्तै दराज, बिग मार्ट, भाटभटेनी, मोको, खल्ती, ईसेवा, आईएमई पे आदिसँग सम्झौता गरेको छ । यी साझेदारहरुसँगको सहकार्यमा बैंकले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न नियमित रुपमा छुट तथा उपहार अभियानहरु संचालन गर्दै आएको उनको भनाई छ । बैंकसँग साउन महिनाको हरेक सोमबार मनाउने, तीजपर्व, दशैं र तिहारमा डिजिटल दक्षिणा, नयाँ वर्षको उत्सव आदि जस्ता विभिन्न चाडपर्व तथा अवसरमा ग्राहकहरुलाई पुरस्कृत कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

बैंकले देशभर १८८ वटा शाखाहरु संचालन गरी निःशुल्क अन्तर शाखा कारोबार सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एफडी खोल्ने, कोष स्थानान्तरण, ऋण अनुरोध, कार्ड अनुरोध, पिन अनुरोध, क्यूआर सेवाहरू घरमै बसेर उपभोग गराउदै ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधि र प्रणालीहरू प्रयोग गर्दै आएको थापाले बताए ।

बैंकले संस्थागत सुशासनलाई विषेश महत्व दिँदै आएको छ । आगामी दिनहरुमा पनि समग्र संस्थागत सुशासनको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ प्रतिबद्घ रहेको उनको भनाई छ । संस्थागत सुशासनतर्फ बैंकको उद्देश्य र नीति अनुरुप आन्तरिक संरचना तयार पार्नुका साथै कर्मचारी र सञ्चालकले पालना गर्नुपर्ने आचरणको आचार संहिता समेत कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए ।

बैंकको नीति, कार्यक्रम तथा बजेट, लेखाप्रणाली, निक्षेप परिचालन तथा कर्जा प्रवाह, बैंकको लगानी, बैंकले प्रदान गर्ने वित्तीय सेवाको मूल्य निर्धारण, खरीद तथा निर्माण कार्य, मानव संसाधन व्यवस्थापन लगायतका कार्यहरुमा बैंकिङ्ग क्षेत्रमा गरिने असल अभ्यास अवलम्वन गर्दै आएको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।