सानिमा क्यापिटलले १५ प्रतिशत लाभांश बाँड्ने

0
Shares

सानिमा क्यापिटलले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित कम्पनीले असोज २३ गते मंगलबार आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको रजिष्टार्ड कार्यालय तीनकुने काठमाण्डौंमा बेलुका ५ बजे सभा बोलाइएको छ । भदौ २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

सभाबाट ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नुका साथै अन्य प्रस्तावहरू पनि पेश हुने छन् ।

साधारण सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र सञ्चालक बैठक भत्ता वृद्धि गर्ने लगायतका विविध प्रस्तावहरू पनि पेश हुने क्यापिटलले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।