रेटिङ्ग एजेन्सी इक्रा नेपालले ५९ प्रतिशत लाभांश बाँड्ने

0
Shares

रेटिङ्ग एजेन्सी कम्पनी इक्रा नेपाल लिमिटेडले चुक्ता पुँजीको ५९.१०२१३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले भदौ २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० का लागि लाभांश प्रस्ताव सहित वार्षिक साधारणसभा पनि आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा असोज २५ गते काठमाण्डौको ठमेल एलोफ्टमा बोलाएको छ । सभा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ ।

सभाले प्रस्तावित चुक्ता पुँजीको करसहित ५९.१०२१ प्रतिशतले हुन आउने नगद लाभांश पारित गर्नेछ । सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने लगायतका अन्य एजेण्डाहरु पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।