नेपाल पुनर्बीमाले पौने २० लाख कित्ता संस्थापक सेयर बेच्दै

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक बिक्रीमा ल्याएको छ । कम्पनीले असोज २ गतेदेखि उक्त सेयर बिक्रीमा ल्याएको हो । सो सेयर संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीले सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिँदा अनिवार्यरूपमा स्थायी लेखा नम्बर आवेदन फाराममा उल्लेख गर्नुपर्ने जानकारीसमेत कम्पनीले दिएको छ ।

यी सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले कात्तिक १० गते अपराह्न २ बजेभित्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।