‘विश्व लगानीकर्ता सप्ताह २०२३’ मा बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने, प्रथमलाई ६५ हजार पुरस्कार

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘परिवर्तित आर्थिक अवस्थाहरूमा लगानीकर्ताको लचिलोपन’ विषयमा सेबोनले निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो । जसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले आफू अध्ययनरत कलेजको सिफारिस सहित असोज ९ गते मंगलबारभित्र धितोपत्र बोर्डमा पेश गर्न आह्वान गरिएको छ ।

‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को अवसरमा बोर्डले असोज १५ देखि २१ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउँदैछ ।

रतियोगिताका लागि विभिन्न सर्तहरू तोकिएको छ । प्रतियोगितामा सहभागी हुनेले कम्तीमा २ हजार शब्दको निबन्ध पठाउनुपर्नेछ । यसरी पठाइएको निबन्ध पठाउँदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनको लागि पेससमेत नगरिएको हुनुपर्नेछ । प्रतियोगितामा मौलिक तथा अनुसन्धानात्मक निबन्धहरूलाई प्राथमिकता दिइने सेबोनले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ६५ हजार र दोस्रो हुनेले ३५ हजार रुपैयाँ धनराशी पुरस्कार प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।