सनराइज फर्स्टले तोक्यो प्रतिफल वितरणका लागि बुकक्लोज

0
Shares

सनराइज फर्स्ट म्युचुअल फन्डले प्रतिफल (नगद लाभांश) वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ ।

सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित उक्त सामुहिक लगानी कोष योजनाले असोज १४ गते आइतबार बुकक्लोज गर्ने मिति निर्धारण गरेको हो । बुकक्लोज अनुसार असोज ११ गते बिहीबारसम्म नेप्सेमा इकाई कारोबार भइ कायम रहने इकाईधनीहरुले मात्र फन्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

फन्डले गत आर्थिक वर्ष २०७९।८० बाट इकाईधनीलाई करसहित १६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो आवमा भने करसहित १२ प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो ।

फन्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड तथा प्रवद्र्धकमा लक्ष्मी सनराइज बैंक रहेको छ । कुल योजनाको आकार ८६ करोड रहेको अवधि दश वर्ष रहेको छ । योजना २०२९ सेप्टेम्बर ४ तारिखमा परिपक्क हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।