सुपरमाई हाईड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको ९० औं बैठकले असोज २६ गते लिसरा रिसेप्सन्स् प्रालि नक्साल, काठमाण्डौंमा बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने गर्नुका साथै आ.व. २०७९\८० को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने छ । साथै सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.ब. २०८०\८१ को लागि लेखा परिक्षक नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
यस्तै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति लगाएतको प्रीताव पनि पारित हुने छ । नवौँ बार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका असोज १९ गते बन्द रहनेछ । जसअनुसार असोज १८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया