चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

0
Shares

चिरख्वा हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि पहिलो चरणमा निष्काशन गरेको साधारण सेयर बाँडफाँड गरेको छ ।

चिरख्वा हाइड्रोपावरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीको सञ्चालक समितिले असोज ८ गते सोमबार आईपीओ बाँडफाँड गरेको हो । आईपीओ निष्कासन अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकलाई ४ लाख कित्ता साधारण सेयरहरु बाँडफाँड गरिएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ४० करोडको १० प्रतिशतले हुन आउने ४ करोड रकमको १०० रुपैयाँ अंकित दरले ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुरका बासिन्दाको लागि निष्काशन गरेको थियो । साउन २८ गतेदेखि भदौ २५ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरको साविक नेपालेडाँडा, कुदाककाउले, खार्तम्छा गाविसका हाल परिवर्तित षडानन्द नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाको लागि आईपीओमा जारी गरिएको हो ।

साथै बाँडफाँडमा नपरेका सेयर वापतको रकम असोज ९ गते मंगलबारदेखि सम्बन्धित आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । आवेदकलाई आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत क्यापिटलले आग्रह गरेको छ ।

कम्पनीले दोस्रो चरणमा जारी पुँजीको २० प्रतिशतले हुन आउने ८ करोड रकम बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउनेछ ।

कसरी हेर्ने बाँडफाँडको नतिजा ?

बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ बाँडफाँडको नतिजा बिक्री प्रबन्धकको वेवसाइटबाट हेर्न सकिनेछ ।

बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्गको वेवसाइटमा गई शीर्ष स्थानमा रहेको चेकलिस्ट भित्र रहेको आईपीओ रिजल्टमा गई आईपीओ निष्कासनकर्ता कम्पनी चिरख्वा हाइड्रोपावर छनौट गरी १६ अंकको डिम्याट नम्बर राखेर आईपीओ बाँडफाँडको नतिजा चेक गर्न सक्नुहुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।