पाँच कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

0
Shares

पाँच कम्पनीको मूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । ती कम्पनीले तोकेको बुकक्लोजका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

सानिमा इक्वीटी फन्डको १८ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ९ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ । बुधबारको फन्डको इकाई ११ रुपैयाँ ७७ पैसामा अन्तिम पटक अन्तिम पटक खरिद बिक्री भएको थियो ।

यसैगरी सनराइज फर्स्ट म्युचुअल फन्डको १६ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ९ रुपैयाँ ६७ पैसा निर्धारण गरेको छ । बुधबारको फन्डको इकाई ११ रुपैयाँ २७ पैसामा अन्तिम पटक अन्तिम पटक खरिद बिक्री भएको थियो ।

यस्तै एनएमबि–५० म्युचुअल फन्डको १५ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ९ रुपैयाँ ७७ पैसा निर्धारण गरेको छ । बुधबारको फन्डको इकाई ११ रुपैयाँ २७ पैसामा अन्तिम पटक अन्तिम पटक खरिद बिक्री भएको थियो ।

बुधबार नै एनएमबि हाईब्रिड फन्ड एल–१ को १५ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ९ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । बुधबारको फन्डको इकाई ११ रुपैयाँ ३४ पैसामा अन्तिम पटक अन्तिम पटक खरिद बिक्री भएको थियो ।

यसैगरी प्रभु सेलेक्ट फन्डको ९.५० प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ८ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ । बुधबारको फन्डको इकाई ९ रुपैयाँ २५ पैसामा अन्तिम पटक अन्तिम पटक खरिद बिक्री भएको थियो ।

ओरियन्टल होटेल्सले पनि चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांशका लागि शुक्रबार बुकक्लोज गर्दैछ । होटलको नगद लाभांश बजार मूल्यको दश प्रतिशतभन्दा थोरै भएकाले सेयरमूल्य समायोजन नभएको हो । बजार मूल्यको दश प्रतिशत वा सो भन्दा धेरै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको खण्डमा मात्र सेयरमूल्य समायोजन गर्ने गरेको छ ।

बुधबारको कारोबारपछि नेप्सेले समायोजन गरेको मूल्यलाई आधार मानेर पाँचवटै फन्डको आइतबार सेयर कारोबार सुरु हुनेछ । इन्द्रजात्रा पर्वको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएसँगै भोलि बिहीबार भने सेयर बजार बन्द रहनेछ ।

सानिमा इक्वीटी फन्ड र सनराइज फर्स्ट म्युचुअल फन्डले असोज १४ गते आइतबार तथा एनएमबि–५०, एनएमबि हाईब्रिड फन्ड एल–१, प्रभु सेलेक्ट फन्ड र ओरियन्टल होटेल्सले असोज १२ गते शुक्रबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्दैछन् । बिहीबार उपत्यकामा सार्वजनिक विदा भएसँगै नेप्सेले बुधबार नै कम्पनीको मूल्य समायोजन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।