मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, ९५% आवेदकले पाएनन्

0
Shares

मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।

कार्निभल रेस्टुरेन्टमा बिजुली बजारमा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा गोलाप्रथाबाट ६२ हजार ११७ जनाले १० कित्ताका दरले ६ लाख २१ हजार १७० कित्ता आईपीओ प्राप्त गरेका छन् । यसरी बाँडफाँड गरी बाँकी रहेको २ कित्ता सेयर गोलाप्रथाबाट १० कित्तासेयर पाउनेमध्ये २ जनाले थप १-१ कित्ता गरी ११ कित्ता हात पारेका छन् ।

कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणलाई ६ लाख २१ हजार १७२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । आईपीओमा आवेदन गरेकामध्ये १२ लाख ८२ हजार ८१९ आवेदनकर्ताले माग भएको १ करोड ४० लाख ५ हजार ३१० कित्ता सेयरका लागि परेको आवेदन सदर भई बाँडफाँडमा सहभागि गराइएको थियो ।

योग्य लगानीकर्तामध्ये नै १२ लाख २० हजार ७०२ जना आवेदकको हात खाली भएको छ । यो सदर आवेदक संख्याको ९५.१५ प्रतिशत बराबर हो । यस आधारमा कुल सदर आवेदकको ५ प्रतिशतले मात्र सेयर पाएका छन् ।

यसअघि नै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले पवद्र्धन गरेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाबाट २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन गरिरहेको छ । कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ रहेको आयोजनाको प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।