मंगलबार एक तोला छापावाला सुन १ लाख ६ हजार ६०० रुपैयाँमा किन्न पाइने


मंगलबार छापावाला सुनको भाउ १ लाख ६ हजार ६०० रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा सुनको भाउ १ हजार ३ सय रुपैयाँले घटेको हो । हिजाे साेमबार छापावाला सुनको भाउ १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुनकाे भाउ प्रतिताेला १ लाख ७ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदीको भाउ ३० रुपैयाँ घटेको हो । हिजो चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२१ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ असाेज २०८०, मंगलबार  १० : ४७ बजे