विजयादशमीको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा


दसैंको टीकाको शुभ साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ।​ पञ्चाङ्ग निर्णायक समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो ।​ ​

यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुनेछ । समितिका अनुसार कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ सकिनेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ असाेज २०८०, बुधबार  ०६ : २८ बजे