बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ७० पैसा र बिक्री दर ८४ रुपैयाँ ०८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १२ पैसा र बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असाेज २०८०, बुधबार  ०७ : ५१ बजे