सुनको भाउ एक साता पछि सामान्य बढ्यो


असोज ९ गतेबाट लगातार गिरावट आएको सुनको भाउमा बुधबार भने सामान्य वृद्धि भएको छ । सुनको भाउ मंगलबारको तुलनामा ३ सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाला सुनको भाउ १ लाख ६ हजार ९०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाला सुनको भाउ १ लाख ६ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही भाउमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२२ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ दशमलव ०७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ असाेज २०८०, बुधबार  १० : ४७ बजे