नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बिहीबारदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसअनुसार असोज १७ अर्थात् आजसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

लघुवित्तले असोज २६ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २०७९ असार मसान्तसम्म कायम चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँको आधारमा ४ करोड ५७ लाख ३२ हजार २१० हजार रुपैयाँ बराबरको नगद लाभांश करसमेत वितरण गर्न लागेको हो । साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ असाेज २०८०, बुधबार  १० : ५९ बजे