ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


ग्लोबल आइएमई बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न बैंकले सभा बोलाएको हो ।

१७ औँ वार्षिक साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १ प्रतिशतका दरले बोनस शेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने छ । यस्तै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभा र लाभांश वितरणमा भाग लिन पाउने छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।