सेयर बजार २० अंकले बढ्यो, अर्बमाथि कारोबार

0
Shares

साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा हरियाली छाउँदा कारोबार रकम १ अर्ब माथि पुगेको छ । मंगलबार २३.८२ अंकले घटेको बजारमा बुधबार २०.६१ अंकको सुधार आएको हो । यससँगै सूचक १८५० दशमलव ३३ विन्दुमा पुगेको छ ।

बुधबार २९४ कम्पनीका ४२ लाख १३ हजार २८५ कित्ता सेयर १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । मंगलबार ९५ करोडमा खुम्चिएको कारोबार १३ करोड बढीले बढेको हो । त्यस्तै आज ठूला कम्पनीका कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स २.१५ अंकले बढेर ३५४.२१ विन्दुमा पुगेको छ ।

दोहोरो अंकले बृद्धि भएको आजको सेयर बजारमा म्युचुअल फन्ड बाहेक सबै उपसमुहगत सूचक बढेका छन् । बढेका १२ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४९ प्रतिशत बढेको छ । जलविद्युत २.३६ प्रतिशतले घटेको आजको बजारमा वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०३ प्रतिशतले घटेको छ ।

एक अर्ब ८ करोड ७० लाख रुपैयाँको सयर कारोबार भएको बुधबारको बजारमा सोनापुर मिनरल्स एण्ड आयलको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको १० करोड ७६ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, प्राइम कमर्सियल बैंकको १० करोड २० लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको ५ करोड २२ लाख रुपैयाँ संस्थापक सेयर, हाथवे इन्भेष्टमेन्टको ४ करोड १ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड माथि सेयर कारोबार भएको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशत, माथिल्लो मैलुङ हाइड्रोपावरका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.७२ प्रतिशत, पिपल्स हाइड्रोपावरको ९.४१ प्रतिशत, सोनापुर मिनरल्स एण्ड आयलको ८.६४ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७.८३ प्रतिशत, मनकामना इञ्जिनियरिङ्ग लिमिटेडको ७.३९ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ७.८३ प्रतिशत र रसुवागढी हाइड्रोपावरको ७.०१ प्रतिशतले सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएपनि सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ८.१५ प्रतिशतका दरले गुमाएका छन् । यस्तै १०.५०% एसबिएल डेबेन्चर २०८२ को सेयरमूल्य ७.४९ प्रतिशत,स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.९१ प्रतिशत घटेको छ ।  यस्तै एनआईसी एशिया फेक्सी क्याप फन्डको इकाई ४.९९ प्रतिशत, १०.२५% सनराइज बैंक डेबेन्चर २०८३ को ३.९५ प्रतिशत, सामुदायिक लघुवित्तको ३.७० प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाई ३.६५ प्रतिशत, प्रभु स्मार्ट फन्डको इकाई ३.५४ प्रतिशत, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ३.२६ प्रतिशत र उपकार लघुवित्तको सेयर मूल्य ३.२२ प्रतिशतले घटेको छ ।

बुधबारको बढोत्तरीपछि कुल बजार पुँजीकरण २८ खर्ब ५२ अर्ब ९० करोड १५ लाख रुपैयाँमा समेटिएको छ । मंगलबार ३४ अर्ब १४ करोड ४९ लाख रुपैयाँले घटेर बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको थियो । अघिल्लो दिनको तुलनामा बुधबार ३१ अर्ब ८८ करोड ३४ लाख रुपैयाँले बजार पुँजीकणर बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।