मिथिला लघुवित्तको कम्पनी सचिवमा हेमराज हेमन्त

0
Shares

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा हेमराज हेमन्तलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर ९ गते सम्पन्न २४५औं बैठकले मंसिर १० गतेदेखि लागू हुने गरी अधिकृत पदमा कार्यरत कर्मचारी हेमराज हेमन्तलाई कम्पनी सचिवमा नियुक्त गरेको नायव प्रमुख कार्यकारी अधिकृत महेश कुमार चौधरीले जानकारी दिए ।

साथै सोही बैठकले सर्वसाधारण सेयरधनी (समुहखको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य पदमा आगामी साधारण सभा सम्मको लागि मंसिर ९ गते देखि लागू हुने गरी सुरेश परियारलाई नियुक्त गरिएको छ ।

परियारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी “बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४ को संशोधनमा व्यवस्था भए बमोजिम नियुक्त गरिएको लघुवित्तले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।