सुनको भाउमा सामान्य गिरावट


बिहीबार सुन चाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३२.१२ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९.८९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।