एनआईसी एशिया लघुवित्तको बुकक्लोज तय, पुस ६ गते एजीएम

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

मंसिर ८ गते शुक्रबार बेलुका ८ः०० बजे बसेको यस संस्थाको सञ्चालक समितिको १९१औँ बैठकबाट संस्थाको छैठौं वार्षिक साधारण सभा पुस ६ गते, शुक्रबार बोलउने निर्णय गरेको हो । सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नम्बर १२, सुनसरीमा बोलाइएको छ ।

सभाले सञ्चालक समितिले पारित गरे बमोजिम संस्थाको सेयरधनीलाई आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत अर्थात २६ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।हालको लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।

विशेष प्रस्तावमा संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप संशोधन गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट तथा संशोधन गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने रहेको छ ।

सभाको सामान्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने रहेको छ । यस्तै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०–८१ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थापक समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने रहेको छ ।

लघुवित्तले वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८० मंसिर २५ गते सोमबारदेखि गते २०६० पुस ६ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार मंसिर २४ गते आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।