हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई आइसीसी इमर्जिङ एशियाका २ विधाबाट सम्मान


हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ एशिया इन्स्योरेन्स कन्केभ’ मा विभिन्न २ विधाबाट सम्मान गरिएको छ ।

यही मंसिर ७ गते भारतमा आयोजित चौथो आइसिसि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई भारत (मुम्बई) को ताज ल्याण्ड इन्ड होटलमा एक भव्य समारोहकाबीच सम्मानित तथा पुरस्कृत गरिएको हो ।

उक्त समारोहमा विगत ३० वर्ष देखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘बेस्ट माइक्रो इन्स्युअर–नेपाल’ र ‘मस्ट इफेक्टीभ अडप्सन अफ टेक्नोलोजी –नेपाल’ गरी २ विधामा सम्मान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो ।

विश्व मै प्रतिष्ठित परामर्शदाता पीडब्लुसीले एशियामा उदयमान बीमा कम्पनीहरुको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदि विधाहरुमा स्वतन्त्र मूल्याङ्कन गरेको आधारमा विभिन्न कम्पनीहरुलाई पुरस्कृत गरिएकोमा कम्पनीले माइक्रो इन्स्युअर नेपाल क्षेत्रमा गरेको सेवा प्रवाह र त्यस्को प्रभावकारीतालाई मूल्याङ्कन गर्दै ‘मस्ट इफेक्टीभ अडप्सन अफ टेक्नोलोजी –नेपाल’ र प्रविधिको प्रयोगले बीमा सेवा सहजता साथ उपलब्ध गराउदै प्रभावकारी ढंगबाट पहुँच अभिवृद्धि गर्दै लगेकोले ‘बेस्ट माइक्रो इन्स्युअर–नेपाल’ पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

साथै, उक्त पुरस्कार र सम्मानको लागि कम्पनीले धन्यवाद पनि ज्ञापन गरेको छ । उपरोक्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले विशिष्ट अतिथिका हैसियतले सम्बोधन समेत गरेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।