मिर्मिरे लघुवित्तको एफपीओ सूचीकृत

0
Shares

मिर्मिरे लघुवित्तको थप नयाँ निष्कासन (एफपीओ) सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ सोमबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । सोमबार सेयर सूचीकृत भएसँगै मंगलबारदेखि कम्पनीको एफपीओ दोस्रो बजारमा खरिद बिक्रीमा आउनेछ ।

कम्पनीको एफपीओ कात्तिक १६ गते बिहीबार बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको थियो । एफपीओ गोलाप्रथाबाट १२ हजार ३८१ जनाले मात्र प्राप्त गरेका थिए ।

मिर्मिरेले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।