कालिमाटीमा भारतबाट ल्याइने ठूलो गोलभेँडाको भाउ ३ गुणाले बढ्यो


काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा भारतबाट आयात हुने गोलभेँडाको भाउ झण्डै ३ गुणाले वृद्धि भएको छ ।

गत कात्तिक १४ गते ४५ रुपैयाँमा किनबेच भएको तरकारीको भाउ आज मंसिर १४ गतेसम्म आइपुग्दा ११५ रुपैयाँ पुगेको छ । यो अवधिमा गोलभेँडाको भाउ ७० रुपैयाँ बढेको हो ।

मंसिर पहिलो हप्तादेखि नै ठूलो गोलभेँडाको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । बर्गर, पिज्जा लगायतमा प्रयोग गरिने गोलभेँडाको भाउमा मात्र वृद्धि भएको श्रेष्ठले बताए ।

यद्यपी, लोकल सानो गोलभेँडा १८ देखि २०, टनेलको सानो गोलभेँडा ३१ देखि ३५ रुपैयाँ थोक मूल्य छ । “नेपालमा उत्पादन भएको टमाटरले नै माग धान्न त सक्छ ”श्रेष्ठले भने,“होटलहरुमा सानो वा लोकल गोलभेँडा प्रयोग नगरिने हुँदा महंगो भएपनि व्यावारीहरुले भारतबाट नै ल्याइरहेका छन् ।” उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भन्दा महँगो पर्ने उनको भनाइ छ । काठमाण्डौमा उपत्यका हाल सानो लोकल गोलभेँडा धादिङ, काभ्रे, मकवानपुरलगायत स्थानबाट आइरहेको श्रेष्ठको भनाइ छ । कालीमाटीमा अहिले दैनिक ६० देखि ६५ टन गोलभेँडा भित्रिरहेको छ ।

कुन तरकारीको भाउ कति ?

बिहीबार आलु रातोको न्युनतम मूल्य ४४ रुपैयाँ ताकिएको छ भने भारतीय रातो रातो आलु ३८, आलु सेतो ३५ रुपैयाँ तोकिएको छ । यस्तै प्याज सुकेको (भारतीय) को न्यूनतम मूल्य ९५ रुपैयाँ तोकिएको छ । यस्तै बन्दा(लोकल)को न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । स्थनिय काउलीको न्यूनतम मूल्य १० रुपैयाँ रहेको छ भने स्थानीय काउली(ज्यापु) को १५ रुपैयाँ रहेको छ ।

समितिका अनुसार आज मटरकोशाको भाउ प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । यस्तै आज मकै बोडीलाई ९६ रुपैयाँ पर्जे छ भने तने बोडीलाई ८३ रुपैयाँ पर्ने छ । आज भिण्डी ११० रुपैयाँमा कारोबार भइरहेको छ । बकूलाको आजको भाउ प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । रायोको सागलाई ३५ रुपैयाँ पर्ने छ भने पालूगो साग, मेथीको साग र चमसूरको सागलाई ८० रुपैयाँ, तोरीको सागलाई ३० रुपैयाँ, लाई ८० पर्ने समीतिको मूल्य सूचीमा उल्लेख छ ।

यस्तै गाजर(लोकल) ४० रुपैयाँ, मूला रातो २० रुपैयाँ मूला सेतो(लोकल) लाई १० रुपैयाँ, सेतो मूला(हाइब्रीड)लाई १५ पर्ने छ । यस्तै भन्टा लाम्चोलाई २० रुपैयाँ, भन्टा डल्लोलाई ३० रुपैयाँ, वर्ने छ । घिउ सिमी(राजमा) ८० रुपैयाँ, घिउ सिमी(हाइब्रीड)लाई २० रुपैयाँ, टाटे सिमीलाई ६० रुपैयाँ पर्नेछ । आज तितो करेलाको न्यूनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ पर्ने छ भने लौका ३० रुपैयाँ पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।