तथ्यांक संकलनका लागि काठमाण्डौं महानगरले माग्यो २३० कर्मचारी


काठमाण्डौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्त गर्ने भएको छ ।

महानगरपालिकाले गरिब घरपरिवार पहिचान गर्नका लागि तथ्यांक संकलन गर्ने सुपरिवेक्षक तथा गणक गरी २३० जना कर्मचारी नियुक्त गर्ने भएको हो । नगरले सुपरिवेक्षक २१ जना माग गरेको छ भने गणक २०९ जना माग गरेको छ ।

सुपरिवेक्षकमा आवेदन दिने  व्यक्ति मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनसंख्या, गणित वा जुन सुकै विषयबाट स्नातक तह पास गरेको हुनु पर्ने छ । यस्तै गणक पदका लागि आवेदन दिनेले प्रमाणपत्र तह पास गरेको हुनु पर्ने छ ।

छनोटमा काठमाण्डौं महानगरका स्थानिय बासिन्दालाई प्राथमिकता दिइने महानगरद्वारा जारी सूचनामा भनिएको छ । करार अवधि ५ महिनाको हुनेछ । सुपरिवेक्षकको मासिक तलब ३५ हजार ७३० रुपैयाँ हुने छ भने गणकको मासिक तलब ३२ हजार ९०२ रुपैयाँ हुने छ ।

इच्छुक आवेदकले पुस ६ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन onlineapplication.kathmandu.gov.np मार्फत दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।