सपोर्ट लघुवित्तको सीईओमा चौधरी

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश कुमार चौधरी चयन भएका छन् ।लघुवित्तको २०८० मङ्सिर १५ गते शुक्रबार विहान १० बजे बसेको सञ्चालक समितिको २१० औं बैठकले चौधरीलाई सीईओ नियुक्त गरेको हो ।

चौधरीलाई मंसिर १५ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय भएको चौधरीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको कम्पनी सचिव विष्णुकान्त चौधरीले जानकारी दिए ।

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । उनले मंसिर १५ गतेदेखि नै आफ्नो पदभार ग्रहण गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।