रेमिट हाइड्रोको अवधारणामा घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माण हुने

0
Shares

सरकारले घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माणका लागि रेमिट हाइड्रोको अवधारणा अघि बढाएको छ । मगंलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

गत वैशाख १६ र १७ मा भएको तेस्रो लगानी सम्मेलनमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुबीच रेमिट्यान्सको रकमबाट जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो।

ताप्लेजुङ जिल्लाको ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको सेयर लगानीमा कम्पनीको प्रतिबद्धता अनुरुप वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने समझदारी भएको थियो ।

निर्माणको चरणमा जान लागेका यी दुई आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूको लागि छुट्याउने समझदारीमा उल्लेख छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।