पाँच महिनामा पौने ६२ अर्बको जीवन बीमा व्यवसाय, नेपाल लाइफको मात्रै २७% हिस्सा

0
Shares

सञ्चालनमा रहेका १४ जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८०–८१ को पाँच महीना अवधिमा ६१ अर्ब ७४ करोड ७१ लाख १४ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् ।  जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क वापत १० अर्ब ९७ करोड ३२ लाख २५ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत ५० अर्ब ७७ करोड ३८ लाख ८८ हजार रुपैयाँ संकलन गरेका हुन् । मङ्सिर मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख ५४ हजार ४८३ ओटा बीमालेख जारी गरेका छन् ।

मङ्सिरमा संकलित बीमाशुल्क अघिल्लो आवको सोही अवधिको तुलनामा २ अर्ब २३ करोड ८ लाख ९५ हजार रुपैयाँ अर्थात ३.७५ प्रतिशतले धेरै हो । विसं २०७९ मङ्सिर मसान्तसम्म तत्कालीन अवस्थामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले १ करोड ३९ लाख ८६ हजार ५०५ ओटा बीमालेख मार्फत ५९ अर्ब ५१ करोड ६२ लाख १६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । जसमा ११ अर्ब २७ करोड ८ लाख ९३ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ४८ अर्ब २४ करोड ५३ लाख २३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क थियो ।

मर्जर पश्चात पाँच जीवन बीमा कम्पनी विलय भएका हुन् । समीक्षा अवधिमा प्रथम बीमाशुल्क रकम २९ करोड ७६ लाख ६८ हजार रुपैयाँ (२.६४%) ले घटेको हो भने नवीकरण बीमाशुल्क २ अर्ब ५२ करोड ८५ लाख ५५ हजार रुपैयाँ (५.२४%) ले बढेको हो ।

कुल बीमा शुल्क संकलनमा पुराना कम्पनीको प्रभाव अधिक देखिएको छ । कुल जीवन बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हिस्सा मात्रै २७ प्रतिशत धेरै छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार मङ्सिर महीनासम्ममा नेपाल लाइफ इस्योरेन्स कम्पनीले १६ अर्ब ७६ करोड ८ लाख ४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले २ अर्ब ५८ करोड ९० लाख २६ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १४ अर्ब १७ करोड १७ लाख ७८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मङ्सिर मसान्तसम्म ७ अर्ब १६ करोड २३ लाख ८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले १ अर्ब ६१ करोड ९६ लाख ९५ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ५ अर्ब ५४ करोड २६ लाख १२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

चालु आर्थिक वर्षको पाँच महीना अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले ६ अर्ब ९२ करोड १ लाख ५१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ८० करोड ७४ लाख ७४ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ६ अर्ब ११ करोड २६ लाख ७७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

मङ्सिरमा जीवन बीमा कम्पनीहरुले संकलन गरे १२ अर्ब ३१ करोड बीमाशुल्क

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ७९ करोड ९० लाख ६५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ८१ करोड १३ लाख ११ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ५ अर्ब ९८ करोड ७७ लाख ५५ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

चालु आवको पाँच महीना अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड ५० लाख १९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले २८ करोड २४ लाख ३२ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ४ अर्ब २४ करोड २५ लाख ८७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ४५ करोड ८४ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ७८ करोड ६५ लाख ७७ हजार रुपैयाँ प्रथम बीमाशुल्क र २ अर्ब ६७ करोड १८ लाख ४९ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

क्र.सं. जीवन बीमक कम्पनी  बीमा शुल्क आर्जन  रकम (लाखमा) अन्तर %
२०८० मङ्सिर  मसान्तसम्म २०७९ मङ्सिर  मसान्तसम्म
नेपाल लाइफ इन्स्योरेन्स 167608.04 156288.04 7.24
नेशनल लाइफ इन्स्योरेन्स 71623.08 65384.21 9.54
एलआईसी नेपाल   69201.51 70251.76 -1.49
हिमालयन लाइफ  इन्स्योरेन्स* 67990.65 59987.53 13.34
राष्ट्रिय जीवन बीमा कम्पनी 45250.19 55612.77 -18.63
सूर्यज्योति लाइफ  इन्स्योरेन्स* 34584.26 34556.14 0.08
एशियन लाइफ इन्स्योरेन्स 30249.28 28048.92 7.84
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स* 23692.95 22209.25 6.68
सिटिजन लाइफ इन्स्योरेन्स 22392.21 22028.21 1.65
१० मेट लाइफ इन्स्योरेन्स 21927.89 20958.06 4.63
११ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स* 16760.06 14457.54 15.93
१२ आइएमई लाइफ इन्स्योरेन्स 16378.10 14731.51 11.18
१३ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 15319.02 14331.97 6.89
१४ सन् नेपाल लाइफ इन्स्योरेन्स 14493.89 16316.27 -11.17
कुल बीमाशुल्क 617471.13 595162.18 3.75

*नोटः विसं २०७९ मङ्सिरमा मर्जर नभएका तर २०८० मा मर्जर भैसकेका कम्पनीको तथ्याङ्कलाइ एकीकृत रूपमा उल्लेख गरिएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार एशियन लाइफ इन्स्योरेन्सले साउनदेखि मङ्सिर मसान्तसम्ममा ३ अर्ब २ करोड ४९ लाख २८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ५६ करोड ५१ लाख ७ हजार रुपैयाँ प्रथम बीमाशुल्क र २ अर्ब ४५ करोड ९८ लाख २१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ८१ करोड १३ लाख ११ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ५ अर्ब ९८ करोड ७७ लाख ५५ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब २३ करोड ९२ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ६२ करोड ६४ लाख ६१ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब ६१ करोड २७ लाख ६० हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले २ अर्ब १९ करोड २७ लाख ८९ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ४८ करोड ३ लाख ९२ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब ७१ करोड २३ लाख ९६ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ६७ करोड ६० लाख ६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ३३ करोड ५३ लाख ३७ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब ३४ करोड ६ लाख ६९ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ६३ करोड ७८ लाख १० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ५० करोड १३ लाख १५ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब १३ करोड ६४ लाख ९६ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड १९ लाख २ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ४८ करोड ५८ लाख ८५ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब ४ करोड ६० लाख १७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ४४ करोड ९३ लाख ८९ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले ५२ करोड ४५ लाख १ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ९२ करोड ४८ लाख ८८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।