मङ्सिरमा जीवन बीमा कम्पनीहरुले संकलन गरे १२ अर्ब ३१ करोड बीमाशुल्क

0
Shares

जीवन बीमा कम्पनीहरुले मङ्सिर महीनामा कुल १२ अर्ब ३१ करोड ८ लाख ३० हजार बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको विवरण अनुसार १४ जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ३४ करोड ९५ लाख ५८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ९ अर्ब ९६ करोड १२ लाख ७२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन भएको हो ।

विसं २०८० मङ्सिर संकलन भएको बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको रकमको तुलनामा १ अर्ब १९ करोड ३८ लाख ४८ हजार रुपैयाँ अर्थात ८.८४ प्रतिशत थोरै हो । विसं २०७९ मङ्सिर महीनामा जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क वापत २ अर्ब १५ करोड ३६ लाख ३८ हजार रुपैयाँ र नवीकरण शुल्क ११ अर्ब ३५ करोड १० लाख ४१ हजार रुपैयाँ गरेर कुल १३ अर्ब ५० करोड ४६ लाख ७९ हजार रुपैयाँ संकलन भएको थियो । समीक्षा अवधिमा प्रथम बीमाशुल्क रकम १९ करोड ५९ लाख २० हजार रुपैयाँ (९.०९७%) ले बढेको हो भने नवीकरण बीमाशुल्क १ अर्ब ३८ करोड ९७ लाख ६९ हजार रुपैयाँ (१२.२४४%) ले बढेको हो ।

जीवन बीमा कम्पनीहरुले मङ्सिर महीनामा ४ लाख ३३ हजार ६१८ वटा बीमालेखबाट १ खर्ब ४४ अर्ब २० करोड ७ लाख ३३ हजार रुपैयाँ बीमाङ्कको बीमालेख जारी गरेका छन् । यस अवधिसम्म जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३७ लाख ५४ हजार ४८३ वटा रहेको छ । विसं २०७९ मङ्सिर महीनामा १० लाख १ हजार १९९ वटा बीमालेखबाट ३ खर्ब ६३ अर्ब ९ करोड ४ लाख ७७ हजार रुपैयाँ बीमाङ्कको बीमालेख जारी गरेका थिए । यस अवधिसम्म जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ४६ हजार ५०५ ओटा रहेको थियो । 

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब ३२ करोड ३१ लाख १० हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । यस कम्पनीले ४७ करोड ५९ लाख ४८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब ८४ करोड ७१ लाख ६२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । यसैगरी दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड ८७ लाख ४६ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले ३६ करोड ११ लाख ८५ रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब ५० करोड ७५ लाख ६० हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । तेस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले १८ करोड ५० लाख ५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब २४ करोड ८४ लाख ४४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल १ अर्ब ४३ करोड ३४ लाख ४९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड–एलआइसी नेपालले पनि मङ्सिरमा १ अर्ब ३५ करोड ४२ लाख १५ हजार रुपैयाँको बीमा व्यवसाय गरेको छ । यस कम्पनीले १३ करोड १० लाख ३८ रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब २२ करोड ३१ लाख ७६ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको हो । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६९ करोड ६२ लाख ८१ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । जसमा १६ करोड १९ लाख ४५ रुपैयाँ प्रथम बीमा शुल्क र ५३ करोड ४३ लाख ३७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क रहेको छ । यसैगरी एशियन लाइफ इन्स्योरेन्सको बीमाशुल्क ६५ करोड ९७ लाख ५१ हजार रुपैयाँ छ । एशियनले १४ करोड २४ लाख ८७ रुपैयाँ प्रथम बीमा शुल्क र ५१ करोड ७२ लाख ६३ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

क्र.सं. जीवन बीमक कम्पनी  बीमा शुल्क आर्जन  रकम (लाखमा) अन्तर %
२०८० मङ्सिरको मात्र २०७९ मङ्सिरको मात्र
नेपाल लाइफ इन्स्योरेन्स 33231.10 27141.88 22.43
नेशनल लाइफ इन्स्योरेन्स 18687.46 10481.78 78.29
हिमालयन लाइफ  इन्स्योरेन्स 14334.49 10169.27 40.96
एलआईसी नेपाल   13542.15 12586.34 7.59
सूर्यज्योति लाइफ  इन्स्योरेन्स 6962.81 5481.29 27.03
एशियन लाइफ इन्स्योरेन्स 6597.51 5258.86 25.46
मेट लाइफ इन्स्योरेन्स 4773.74 4139.03 15.33
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स 4739.08 3864.3 22.64
सिटिजन लाइफ इन्स्योरेन्स 4521.96 3724.33 21.42
१० आइएमई लाइफ इन्स्योरेन्स 3343.40 3221.10 3.80
११ सन् नेपाल लाइफ इन्स्योरेन्स 3211.51 2831.85 13.41
१२ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 3192.18 2894.42 10.29
१३ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स 3022.51 2452.11 23.26
१४ राष्ट्रिय जीवन बीमा कम्पनी 2948.41 40800.23 -92.77
कुल बीमाशुल्क 123108.31 135046.79 -8.84

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार मङ्सिर महीनामा सातौं धेरै प्रिमियम संकलन गरेको मेट लाइफले ९ करोड ८६ लाख ७५ रुपैयाँ प्रथम बीमा शुल्क र ३७ करोड ८६ लाख ९९ हजार रुपैयाँ नवीकरण गरी कुल ४७ करोड ७३ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तथ्याङ्क अनुसार सानिमा लाइफ इन्स्यारेन्सले पनि पाँचौं महीना मङ्सिरमा ४७ करोड ३९ लाख ८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसमा १५ करोड ३४ लाख ३४ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३२ करोड ४ लाख ७४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क वापतको हो ।

त्यस्तै चालु आवको मङ्सिरमा सिटिजन लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क १३ करोड ९८ लाख ७३ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क ३१ करोड २३ लाख २२ हजार रुपैयाँ गरी कुल बीमाशुल्क रकम ४५ करोड २१ लाख ९६ हजार रुपैयाँ संकलन गरेको हो । प्राधिकरणको तथ्याङ्क अनुसार आईएमई लाइफ इन्स्योरेन्सले मङ्सिरमा १० करोड ४ लाख ८६ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २३ करोड ३८ लाख ५४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल ३३ करोड ४३ लाख ४० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरन्सले मङ्सिरमा ३१ करोड ९२ लाख १८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबलले १० करोड ८३ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २१ करोड ९१ लाख ३५ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार सन् नेपाल लाइफ इन्स्योरन्सको मङ्सिरमा संकलन भएको बीमाशुल्क रकम ३२ करोड ११ लाख ५१ हजार रुपैयाँ बराबर रहेको छ । जसमा १३ करोड ३० लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क वापत र १८ करोड ८० लाख ९८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क वापत संकलन भएको हो । यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सको मङ्सिरमा ३० करोड ३२ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जसमा ६ करोड ७३ लाख ७९ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २३ करोड ४८ लाख ७२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क वापतको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साबिक राष्ट्रिय बीमा संस्थान) सबैभन्दा कम प्रिमियम संकलन गर्ने कम्पनी बनेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आवको पाँच महीना अवधिमा ९ करोड ८९ लाख ६५ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १९ करोड ५८ लाख ७६ हजार रुपैयाँ गरी कुल २९ करोड ४८ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।