सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच स्वास्थ्य सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बताए ।

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक, बैंकका कर्मचारी, तथा सेयरधनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुट सहज तरिकाबाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा कर्मचारी तथा सेयरधनीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।