जीवन बीमा कम्पनीद्धारा सवा ७४ अर्ब बीमाशुल्क संकलन, एघारले बढाउँदा तीन ओटाको व्यवसाय घट्यो

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को ६ महीना अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले प्रथम र नवीकरण बीमाशुल्क गरी कुल ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ जीवन बीमाशुल्क संकलन भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५८ प्रतिशत धेरै हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ को पुस महीनासम्म आइपुग्दा ७४ अर्ब २२ करोड ६ लाख १६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । पाँच महीना अवधिमा ६१ अर्ब ७४ करोड ७१ लाख १४ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय भएको थियो । पुससम्म सक्रिय रहेको बीमालेखको संख्या १ करोड ३७ लाख ४१ हजार ३५५ ओटा रहेको छ ।

विसं २०७९ पुससम्ममा तत्कालीन अवस्थामा सञ्चालनमा रहेका १९ ओटा जीवन बीमकहरुले ७४ अर्ब २२ करोड ६ लाख १६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्क छ । समीक्षा अवधिमा २ अर्ब ५६ करोड ८५ लाख ६२ हजार रुपैयाँले बीमाशुल्क रकम बढेको हो । सो अवअधिमा सक्रिय बीमालेखको सङ्ख्या १ करोड ४१ लाख ४१ हजार ३५५ ओटा थियो ।

सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीले पुस महीनामा मात्रै ४ लाख ४२ हजार ६०६ वटा बीमालेख बिक्री गरेर १२ अर्ब ४७ करोड ३५ लाख ३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमा २ अर्ब ८४ करोड ३५ लाख ६९ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ९ अर्ब ६२ करोड ९९ लाख ३४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क रहेको छ ।

पुसमा साढे १२ अर्बको जीवन बीमा व्यवसाय हुँदा पौने तीन अर्बको नयाँ विस्तार

पुससम्म पौने १४ अर्बको नयाँ जीवन बीमा व्यवसाय, बीमालेख नवीकणबाट ६० अर्ब ४० करोड संकलन

चालु आर्थिक वर्षको पुस महीनासम्ममा आइपुग्दा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय वृद्धि गर्दै १३ अर्ब ८१ करोड ६७ लाख ९५ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा पुराना बीमालेख नवीकरण वापत ६० अर्ब ४० करोड ३८ लाख २२ हजार रुपैयाँ संकलन भएको प्राधिकरणको तथ्याङ्क छ ।

अघिल्लो आवको सोही अवधि अर्थात विसं २०७९ पुससम्ममा १४ अर्ब १७ करोड ७९ लाख २३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा पुराना बीमालेख नवीकरण वापत ५७ अर्ब ४७ करोड ४१ लाख ३२ हजार रुपैयाँ संकलन भएको थियो । समीक्षा अवधिमा नयाँ व्यवसायको हिस्सा २.२५ प्रतिशत (३६ करोड ११ लाख २८ हजार रुपैयाँ) ले घटेको हो भने नवीकरण बीमालेखबाट प्राप्त हुने आय ५.१० प्रतिशत (२ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ) ले बढेको छ ।

तीन कम्पनीको बीमाशुल्क घट्दा एघारले बढाए, नेपाल लाइफको हिस्सा २७ प्रतिशत

गत आर्थिक वर्षको ६ महीनालाई चालु आवको सोही अवधिसँग तुलना गर्ने हो भने चौध मध्ये तीन ओटा जीवन बीमकको व्यवसायमा संकुचन आएको छ भने एघार ओटाले वृद्धि गरेका छन् ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी, सन् नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड–एलआइसीको व्यवसाय अघिल्लो पुसको तुलनामा घटेको हो । समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको २२.५७ प्रतिशत, सन नेपालको ८.४३ र एलआईसी नेपालको १.१८ प्रतिशतले बीमाशुल्क संकलन घटेको हो ।

बीमाशुल्क वृद्धि गरेका एघार कम्पनीमध्ये प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै १४.०१ प्रतिशतले वृद्धि गरेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले पच्चछाउँदै ११.४६ प्रतिशतको ग्रोथ हासिल गरेको छ । बाँकी ९ कम्पनीको व्यवसायको वृद्धिदर एकल प्रतिशतमा छ । २०८० पुस मसान्तसम्ममा संकलन भएको बीमाशुल्कलाई २०७९ पुससम्म संकलन भएको बीमाशुल्कसँग तुलनामा गर्दा हिमालयन लाइफ इन्स्योरेन्सको ८.६३ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ८.१७, आइएमई लाइफ इन्स्योरेन्स ७.९५, एशियन लाइफ इन्स्योरेन्स ७.६९, नेपाल लाइफ इन्स्योरेन्स ७.४६ र मेट लाइफ इन्स्योरेन्सको बीमाशुल्क ७.३६ प्रतिशतले बढोत्तरी भएको छ । यस्तै पुससम्ममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ३.८१ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्स ३.११ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सको २.७४ प्रतिशतले बढेको छ ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले पुससम्ममा सबैभन्दा धेरै २० अर्ब २ करोड ३१ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । यस कम्पनीले ३ अर्ब १५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १६ अर्ब ८७ करोड १८ लाख ८५ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड–एलआइसीले ८ अर्ब ६२ करोड ६३ लाख २९ हजार रुपैयाँको बीमा व्यवसाय गरेको छ । यस कम्पनीले १ अर्ब ४ करोड ७३ लाख ८८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ७ अर्ब ५७ करोड ८९ लाख ४१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको हो ।

क्र.सं. जीवन बीमक कम्पनी  बीमा शुल्क आर्जन  रकम (लाखमा) अन्तर %
२०८० पुस मसान्तसम्म २०७९ पुस मसान्तसम्म
नेपाल लाइफ इन्स्योरेन्स 200,231.84 186,338.07 7.46
एलआईसी नेपाल   86,263.30 87,293.45 -1.18
नेशनल लाइफ इन्स्योरेन्स 85,679.00 76,869.98 11.46
हिमालयन लाइफ  इन्स्योरेन्स 80,936.28 74,507.89 8.63
राष्ट्रिय जीवन बीमा कम्पनी 47,582.01 61,450.06 -22.57
सूर्यज्योति लाइफ  इन्स्योरेन्स 42,835.98 41,543.50 3.11
एशियन लाइफ इन्स्योरेन्स 37,288.33 34,626.32 7.69
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स 28,552.49 27,505.09 3.81
सिटिजन लाइफ इन्स्योरेन्स 27,376.29 26,644.99 2.74
१० मेट लाइफ इन्स्योरेन्स 26,864.96 25,023.59 7.36
११ आइएमई लाइफ इन्स्योरेन्स 21,085.77 19,533.72 7.95
१२ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स 20,382.62 17,877.62 14.01
१३ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 19,325.31 17,865.03 8.17
१४ सन् नेपाल लाइफ इन्स्योरेन्स 17,801.99 19,441.24 -8.43
कुल बीमाशुल्क 742,206.17 716,520.55 3.58

 

तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ८ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले १ अर्ब ९९ करोड ११ लाख ५१ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ६ अर्ब ५७ करोड ६७ लाख ४९ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । चौथो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि ८ अर्ब ९ करोड ३६ लाख २८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उक्त कम्पनीले १ अर्ब ५ करोड ३१ लाख ८३ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ७ अर्ब ४ करोड ४ लाख ४५ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । चालु आवको ६ महीनाको समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी र सूर्यज्योति लाइफ इन्स्योरेन्सले पनि ४ अर्बभन्दा बढी प्रिमियम संकलन गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीले पुससम्म ४ अर्ब ७५ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उक्त कम्पनीले ३१ करोड ७९ लाख ३६ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ४ अर्ब ४४ करोड २ लाख ६४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स ९६ करोड ५८ लाख ४७ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३ अर्ब ३१ करोड ७७ लाख ५१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल ४ अर्ब २८ करोड ३५ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

पुससम्ममा सातौं धेरै प्रिमियम संकलन गरेको एशियन लाइफ इन्स्योरेन्सको बीमाशुल्क ३ अर्ब ७२ करोड ८८ लाख ३३ हजार रुपैयाँ छ । एशियनले ७८ करोड ३७ लाख ६२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब ९४ करोड ५० लाख ७१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । यसैगरी बीमा प्राधिकरणको तथ्याङ्क अनुसार पुस महीनासम्ममा सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले ३ अर्ब ८५ करोड ५२ लाख ४९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसमा ७१ करोड ३९ लाख ५२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब १४ करोड १२ लाख ९७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क वापतको हो ।

समीक्षा अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क वापत ७९ करोड ७३ लाख ४६ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत १ अर्ब ९४ करोड २ लाख ८२ हजार रुपैयाँ गरी कुल २ अर्ब ७३ करोड ७६ लाख २८ हजार रुपैयाँ बीमाशुल्क रकम संकलन गरेको छ । यस्तै पुसमा मेट लाइफले ६० करोड ४७ लाख ६४ रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब ८ करोड १७ लाख ३३ हजार रुपैयाँ नवीकरण गरी कुल २ अर्ब ६८ करोड ६४ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार चालु आवको पुस मसान्तसम्ममा आईएमई लाइफ इन्स्योरेन्सले ६७ करोड २६ लाख ४३ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ४३ करोड ५९ लाख ३४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल २ अर्ब १० करोड ८५ लाख ७७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सको पुसमा संकलन भएको बीमाशुल्क रकम २ अर्ब ३ करोड ८२ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले ४० करोड ५८ लाख ७२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ६३ करोड २३ लाख ९१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । रिलायबल नेपाल लाइफ इन्स्योरन्सले पुस महीनामा १ अर्ब ९३ करोड २५ लाख ३१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबलले ६४ करोड ४५ लाख ३६ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब २८ करोड ७९ लाख ९५ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार सन् नेपाल लाइफ इन्स्योरन्सको सबैभन्दा कम प्रिमियम संकलन गरेको छ । कम्पनीले पुससम्ममा ६६ करोड ७१ लाख १५ हजार रुपैयाँ प्रथम बीमा शुल्क वापत र १ अर्ब ११ करोड ३० लाख ८४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल १ अर्ब ७८ करोड १ लाख ९९ हजार रुपैयाँ संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।