पुसमा साढे १२ अर्बको जीवन बीमा व्यवसाय हुँदा पौने तीन अर्बको नयाँ विस्तार

0
Shares

चालु आर्थिक वर्ष २०८०–८१ को पुस महीनामा १२ अर्ब ४७ करोड ३५ लाख ३ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय भएको छ । पुसमा कम्पनीहरुको २ अर्ब ८४ करोड ३५ लाख ६९ हजार रुपैयाँ (प्रथम बीमा शुल्क संकलन) बराबरको नयाँ व्यवसाय विस्तार गरेका हुन् भने यस महीनामा ९ अर्ब ६२ करोड ९९ लाख ३४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन भएको छ ।

सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीले ४ लाख ४२ हजार ६०६ वटा बीमालेख बिक्री गरेर उक्त रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

गत आर्थिक वर्षको सोही अवधि (२०७९ पुस) मा तत्कालीन अवस्थामा सञ्चानमा रहेका १९ जीवन बिमकहरुले ११ लाख ४४ हजार ८५४ ओटा बीमालेख बिक्री गरेर १२ अर्ब १३ करोड ५८ लाख ३७ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । सो अवधिमा प्रथम बीमाशुल्क वापत २ अर्ब ९० करोड ७० लाख ३० हजार र नवीकरण बीमाशुल्क वापत ९ अर्ब २२ करोड ८८ लाख ७ हजार रुपैयाँ संकलन भएको थियो । समीक्षा अवधिमा प्रथम बीमाशुल्क ६ करोड ३४ लाख ६१ हजार रुपैयाँ (२.१८%) ले घट्दा नवीकरण बीमाशुलक ४० करोड ११ लाख २७ हजार रुपैयाँ (४.३५%) ले बढेको हो ।

गत मङ्सिर महीनामा जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ३४ करोड ९५ लाख ५८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ९ अर्ब ९६ करोड १२ लाख ७२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल १२ अर्ब ३१ करोड ८ लाख ३० हजार बीमाशुल्क संकलन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ को पुस महीनासम्म आइपुग्दा १ करोड ३७ लाख ४१ हजार ३५५ वटा बीमालेख बिक्रीबाट ७४ अर्ब २२ करोड ६ लाख १६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । पाँच महीना अवधिमा ६१ अर्ब ७४ करोड ७१ लाख १४ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय भएको थियो ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले पुसमा सबैभन्दा धेरै ३ अर्ब २६ करोड २३ लाख ८० हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । यस कम्पनीले ५६ करोड २२ लाख ७४ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब ७० करोड १ लाख ७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड–एलआइसीले पनि १ अर्ब ७० करोड ६१ लाख ७९ हजार रुपैयाँको बीमा व्यवसाय गरेको छ । यस कम्पनीले २३ करोड ९९ लाख १५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ४६ करोड ६२ लाख ६४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको हो ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ४० करोड ५५ लाख ९२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले ३७ करोड १४ लाख ५५ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब ३ करोड ४१ लाख ३७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । चौथो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले २४ करोड १८ लाख ७२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ५ करोड २६ लाख ९० हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल १ अर्ब २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस महीनामा कुल ८२ करोड ५१ लाख ७२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । पुसमा पाँचौं धेरै प्रिमियम संकलन गरेको सुर्यज्योतिले १७ करोड ९२ लाख ७१ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ६४ करोड ५९ लाख २ हजार रुपैयाँ नवीकरण बीमाशुल्क रहेको छ । यसैगरी एशियन लाइफ इन्स्योरेन्सको बीमाशुल्क ७० करोड ३९ लाख ५ हजार रुपैयाँ छ । एशियनले २१ करोड ८६ लाख ५५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ४८ करोड ५२ लाख ५० हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार पुस महीनामा सातौं धेरै प्रिमियम संकलन गरेको सिटिजन लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क १७ करोड ८ लाख ८६ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क ३२ करोड ७५ लाख २२ हजार रुपैयाँ गरी कुल बीमाशुल्क रकम ४९ करोड ८४ लाख ८ हजार रुपैयाँ संकलन गरेको छ । पुसमा मेट लाइफले १२ करोड ४३ लाख ७१ रुपैयाँ प्रथम बीमा शुल्क र ३६ करोड ९३ लाख ३६ हजार रुपैयाँ नवीकरण गरी कुल ४९ करोड ३७ लाख ७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तथ्याङ्क अनुसार सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले पनि चालु आवको छैठौं महीना पुसमा ४८ करोड ५९ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसमा १५ करोड ६२ लाख ३९ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३२ करोड ९७ लाख १४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क वापतको हो ।

त्यस्तै प्राधिकरणको तथ्याङ्क अनुसार चालु आवको पुसमा आईएमई लाइफ इन्स्योरेन्सले १७ करोड १३ लाख २८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २९ करोड ९४ लाख ३९ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल ४७ करोड ७ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरन्सले पुस महीनामा ४० करोड ६ लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबलले १५ करोड ८६ लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क र २४ करोड १९ लाख ७८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सको पुसमा संकलन भएको बीमाशुल्क रकम ३६ करोड २२ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले ७ करोड ५ लाख ३५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २९ करोड १७ लाख २२ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । यसैगरी सन् नेपाल लाइफ इन्स्योरन्सको पुसमा १४ करोड २६ लाख १३ हजार रुपैयाँ प्रथम बीमा शुल्क वापत र १८ करोड ८१ लाख ९७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल ३३ करोड ८ लाख १० हजार रुपैयाँ बराबर संकलन गरेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साबिक राष्ट्रिय बीमा संस्थान) सबैभन्दा कम प्रिमियम संकलन गर्ने कम्पनी बनेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आवको पाँच महीना अवधिमा ३ करोड ५५ लाख ४ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १९ करोड ७६ लाख ७७ हजार रुपैयाँ गरी कुल २३ करोड ३१ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार यी कम्पनीहरुले पुसमा अवधिसम्ममा ४ लाख ४२ हजार ६०६ वटा बीमा पोलिसी बिक्री गरी २ अर्ब ८४ करोड ३५ लाख ६९ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

प्रथम बीमाशुल्कका आधारमा यस्तो छ कम्पनीहरु क्रमगत विवरण

  1. नेपाल लाइफ इन्स्योरेन्स– ५६ करोड २२ लाख ७४ हजार रुपैयाँ
  2. नेशनल लाइफ इन्स्योरेन्स– ३७ करोड १४ लाख ५५ हजार रुपैयाँ
  3. हिमालयन लाइफ इन्स्योरेन्स– २४ करोड १८ लाख ७२ हजार रुपैयाँ
  4. एलआइसी नेपाल– २३ करोड ९९ लाख १५ हजार रुपैयाँ
  5. एशियन लाइफ इन्स्योरेन्स– २१ करोड ८६ लाख ५५ हजार रुपैयाँ
  6. सूर्यज्योति लाइफ इन्स्योरेन्स– १७ करोड ९२ लाख ७१ हजार रुपैयाँ
  7. आईएमई लाइफ इन्स्योरेन्स– १७ करोड १३ लाख २८ हजार रुपैयाँ
  8. सिटिजन लाइफ इन्स्योरेन्स– १७ करोड ८ लाख ८६ हजार रुपैयाँ
  9. रिलायबल नेपाल लाइफ इन्स्योरन्स– १५ करोड ८६ लाख ५० हजार रुपैयाँ
  10. सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स– १५ करोड ६२ लाख ३९ हजार रुपैयाँ
  11. सन् नेपाल लाइफ इन्स्योरन्स– १४ करोड २६ लाख १३ हजार रुपैयाँ
  12. मेट लाइफ इन्स्योरेन्स– १२ करोड ४३ लाख ७१ रुपैयाँ
  13. प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्स– ७ करोड ५ लाख ३५ हजार रुपैयाँ
  14. राष्ट्रिय जीवन बीमा कम्पनी–३ करोड ५५ लाख ४ हजार रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।