“डाटा गोपनीयता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीको प्रतिज्ञा


“डाटा गोपनीयता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग रहने प्रतिज्ञा गरेका छन् ।

यस्ता तथ्यांका सम्बन्धमा सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा उनीहरुले गरेका हुन् ।

नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमूख प्रविधि अधिकारी सूनन्द मल्होत्राका साथै अन्य पदाअधिकारीहरूको उपस्थितीमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराइएको हो ।

बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय र १२१ एटिएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।