औद्योगिक क्षेत्रमा सुधार ल्याइने


बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्योगको विकासका लागि औद्योगिक क्षेत्रमा सुधार ल्याइने बताएको छ । आज हेटौँडामा आयोजित बागमती उद्योग परिसङ्घको अन्तक्र्रिया कार्यक्रममा उनले बन्द उद्योगलाई सञ्चालनमा ल्याइने बताए । 
 
मन्त्री चित्रकारले बन्द उद्योगलाई सञ्चालन गर्ने, नयाँलाई निर्बाधरुपमा सञ्चालनको वातावरण बनाउनेलगायत कार्य गर्दै सरकार गरिरहेको बताए । उनले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन कमजोर निर्णयलाई सच्चाउँदै वैध मुद्दामा काम गर्ने बताए । यस क्षेत्रमा रहेको दृष्टिकोणमा सुधार ल्याउन जरुरी रहेको उनको भनाइ थियो । 
 
कार्यक्रममा परिसङ्घका अध्यक्ष लेखराज पोखरेलले प्रादेशिक नीति तथा कानुनमा संशोधन गर्नुपर्ने, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने, प्रदेश मन्त्रालयले आफैँले निर्णय गरी संशोधन गर्नसक्ने, सार्वजनिक निजी साझेदारीलगायत विषयमा प्रस्तुतीकरण गरेको थियो।  
 
उनले उद्योग सञ्चालनमा प्रदेश सरकारले स्पष्ट रुपमा जारी गरी कार्यान्वयन गर्नुपर्ने, राज्यले लगाएको दोहोरो कर हटाउनुपर्ने, श्रमिकलाई महँगीको अनुपातमा बाँच्न सकिने गरी तलबभत्ताको व्यवस्था गरिनुपर्नेलगायत माग गरे।
 
कार्यक्रममा सहभागीले स्थानीयमा औद्योगिक कपडाको व्यवस्था, उद्यमीलाई विभिन्न कारण जेल हाल्ने कानुन खारेज, उद्योगको तथ्याङ्कको अनुसन्धान तथा विकासलगायत विषयमा छलफल गरेका थिए । उद्योग प्ररिसङ्घका अध्यक्ष पोखरेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।