पाकिस्तानको नेशनल एसेम्बलीले आइतबार शहबाज सरिफलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। विवादास्पद चुनावको हप्ता दिनपछि सरिफ प्रधानमन्त्री चयन भएका हुन ।
पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्रीसरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हसनुभएको छ ।
पाकिस्तानको जेलमा रहेका विपक्षी नेता इमरान खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको छ ।
पाकिस्तानको नेशनल एसेम्बलीमा नवनिर्वाचित २०१ सांसदले सरिफको पक्षमा मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री खानप्रति वफादार सांसदहरूको उम्मेदवारका रूपमा प्रधानमन्त्रीको नेतृत्वको दावी गरेका ओमार अयूब खानले ९२ मत प्राप्त गरे ।
निर्वाचनको परिणाम घोषणा गर्दै नेशनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भने, “शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।”
यसैबीच, स्वतन्त्र रूपमा निर्वाचित भएका र पछि सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) मा सामेल भएका पीटीआईका सांसदहरूले फेब्रुअरी ८ मा भएको चुनावमा धाँधली भएको भन्दै सदनमा आफ्नो विरोध जारी राख्ने अपेक्षा गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया